श्रीमती र छोरीलाई मारेर आफू पनि झुन्डिए

इटहरी /सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् ।

श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएको हुनसक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झुन्डिए को अवस्थामा फेला परेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान पुर्याएका थिए ।

अस्पतालले मृत घोषित गरेपछि फर्काएर लासलाई बेर्न कपडा खोज्नको लागि घरभित्रको टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको पोख्रेलले बताए । घरमै ६ वर्षकी छोरी स्वस्तीकाको समेत लास बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको छ । ‘श्रीमतीको टाउकोमा प्रहार गरेको देखिन्छ भने छोरीको टाउको लुलो अवस्थामा रहेकोले मुन्टो बटारेर मारेको हो कि जस्तो देखिन्छ,’ पोख्रेलले भने ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुन्डिए को हुनसक्ने बताइएको छ ।

राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पोख्रेलले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’