चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु

तनहुँ ।चितुवाको आक्रमणबाट तनहुँमा मंगलबार एक बालकको मृत्यु भएको छ । भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँको मृत्यु भएको हो ।

घर नजिकै पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते भएका उनलाई उपचारको लागी डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगीएको थियो । उनको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न प्रहरीले आग्रह गरेको छ ।

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।

असोज १५ गते भानु नगरपालिका–२ मा रहेको सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । पुनः चितुवाले आक्रमण गरेपछि भानु नगरपालिकामा अन्य चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’