काँग्रस धुलो–धुवाँमुक्त काठमाडौँ निर्माण गर्ने अभियानमा बाधक

खुलामञ्चमा काँग्रेसले राजनीति गरेको प्रष्ट

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रस धुलो–धुवाँमुक्त काठमाडौँ निर्माण गर्ने महानगरपालिकाको अभियानमा कतिसम्म बाधक बनेको छ भन्ने भन्ने कुराको प्रमाण खुलामञ्चमा देखिएको छ । काठमाडौँ महानगरपालिका पहिलादेखि नै काठमाडौँ महानगरभित्रका खाल्टाखुल्टी पुर्ने, धुलो हटाउनेलगायतका अभियानमा निरन्तर लागिरहेको थियो । अझ चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने र नेपाल भ्रमण वषए २०२० लाई लक्षित गरेर अन्य निकायले समेत चासो देखाएपछि काठमाडौँका सडक थप चिल्ला र खाल्टाखुल्टी मुक्त बनेका छन् ।

तर, खुल्लामञ्चमा रहेको अस्थायी वसपार्क पानी पर्दा हिलो र घाँम लाग्दा धुलो हुने अनि त्यहिको धुलो र हिलोका कारण शहर नै कुरुप बन्ने भएकाले काठमाडौँ महानगरपालिकाले त्यहाँ कालोपत्रे गर्ने तयरी गरेको थियो । त्यहि अनुसार नै काम अघि बढेको थियो । तर, नेपाली काँग्रेसका नेता एवं संघीय सांसद भिमसेनदास प्रधानलगायतले खुलामञ्चमा राजनीति गरेपछि अहिले काम ठप्प भएको छ ।

अझ, गज्जब त के छ भने काठमाडौँ महानगरपालिकाका मयेर विद्यासुन्दर शाक्य अहिले पनि डेङगुका कारण अस्पतालमै उपचाररत हुनुहुन्छ । मेयर शाक्य उपचारकै क्रममा रहेका बेला पनि निकै चिन्ताका साथ सीको नेपाल भ्रमणको तयारीका लागि काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने काम कुन गतिका साथ अघि बढिरहेका छन् भनी निरन्तर सम्पर्कमा हुनुहुन्छ । उपमेयर हरिप्रभा खड्कीलाई समेत उहाँले बोलाएरै तीनकुनेमा हरियाली प्रवद्र्धन गर्ने, बसपार्कमा कालोपत्रे गर्नेलगायतका कामको अगुवाई गर्न जिम्मेवारी दिनुभएको थियो । मेयर शाक्यलाई स्वास्थ्य लाभको कामना गर्दै कुनै पनि चिन्ता नलिनु भन्दै निस्किनु भएकी उपमेयर खड्की तीनकुनेमा अनुगमन गर्ने भन्दै रातीराती पुग्नु भएको थियो । उहाँले

तीनकुने पुगेर तीन–चार दिनमै हरियालीसहितको आइल्याण्ड बनाउन सम्भव होला र भनी आश्चर्य प्रकट गर्दै फर्किनु भएको थियो ।
अस्थायी वसपार्क रहेको खुलामञ्चमा पनि उपमेयर खड्गीले नै कालोपत्रे गर्ने प्रस्ताव राखेपछि मेयर शाक्यले त्यसै अनुसार गर्न उहाँलाई नै जिम्मेवारी दिनुभएको थियो । तर, मेयर शाक्यसँग सकारात्मक कुराकानी गरेर बाहिर निस्कनु भएकी उपमेयर खड्गीले दुई दिन पनि वित्न नपाउँदै सांसद र वडाध्यक्षसहित खुलामञ्चमा पुगेर काममै अवरोध गरेपछि खुलामञ्चमा काँग्रेसले राजनीति गरेको प्रष्ट भएको छ ।

सीको भ्रमणका क्रममा काठमाडौँ महानगरपालिकाले महानगरका विभिन्न स्थानमा कालोपत्रे गर्ने र सजावटको जिम्मेवारी पाएको छ । त्यहि अनुसार नै महानगरले अस्थायी रुपमा खुलामञ्चमा रहेको वसपार्कमा कालापत्रेको काम अघि बढाएको थियो । तर, काँग्रेसका नेता एवं संघीय सांसद् भिमसेनदास प्रधान, वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीलगायत नै त्यहाँ पुगेर भर्खर बन्दै गरेको कालोपत्रेमै गाडी कुदाउनेसम्मको हर्कत गरेपछि काम अलपत्र परेको छ ।

उपचारकै क्रममा रहनु भएका मेयर शाक्यले पनि त्यसरी माननीयहरु नै पुगेर गरेको अवरोधप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘हामीले त्यहाँ स्थायी संरचना बनाउन खोजेका होइनौँ, हामी अहिले होइन पहिलादेखि नै त्यो अस्थायी वसपार्क हो भनिरहेका छौँ,’ अस्पतालको शैयाबाटै मेयर शाक्यले भन्नुभयो, ‘मैले उपमेयरज्युसँग सल्लाह गरेर नै त्यहाँ अस्थायी रुपमा कालोपत्रेको प्रत्रिया अघि बढाउन भनेको हुँ । तर, त्यहाँ विषयवस्तुलाई अनावश्यक रुपमा उचालेर राजनीति गर्ने काम भएको खवर सुन्दा दुःख लागेको छ ।’

मेयर शाक्यले धुलोमुक्त काठमाडौँ अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहोर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताउनुभयो । ‘हामीले महानगरभित्रका सडक जति नै सफा र चिल्ला बनायौँ भने पनि बसपार्कबाट निस्कने धुलो र हिलोका कारण ती सडकको अवस्था उस्तै हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यहि भएर अस्थायी रुपमा त्यहाँ कालोपत्रे गर्नु भनेका हौँ । तर, माननीयज्युहरुले विषयबस्तुलाई अन्तै लगेर त्यहाँ अवरोध गर्नुभएछ । त्यो राम्रो होइन ।’

मेयर शाक्यले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्याण्ड बनाउने काम भैरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताउनुभयो । ‘तीनकुनेमा पनि हामीले अस्थायी रुपमै आइल्याण्ड बनाएका हौँ,’ उहाँले भन्नुभयो, ‘विदेशी पाहुन आउँदा मात्र होइन हामीले दैनिक ओहोर–दोहोर गर्दा पनि त्यहाँ हिलो र धुलोको सामना गर्नु पर्ने हुन्थ्यो । कम्तीमा पनि त्यहाँ आइल्याण्ड बनेपछि हेर्न लाएकको हरियाली बन्ने छ । फेरि विदेशी पाहुना आउँदै पिच्छे कहिले टीनका जस्ता त कहिले फ्लेक्सले छोप्नु पर्ने बाध्यता पनि हटेको छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’