बिकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारीको बिशेष भेला, अध्यक्षमा डाँसीराम अधिकारी

पर्वत / पर्वतको कुस्मामा सञ्चालन हुँदै आएको बिकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारीको पाँचौ साधारणसभा तथा दोस्रो बिशेष भेला बिहीबार कुस्माबजारमा सम्पन्न भएको छ ।
दोस्रो बिशेष भेला नयाँ सहकारी सञ्चालक समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । भेलाले डाँसीराम अधिकारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रुद्रप्रसाद अधिकारी, सचिबमा कमल जिसी, कोषाध्यक्षमा मनरुपा शर्मा, सहसचिबमा तारा रिजाल पराजुली निर्वाचित भएका छन । सदस्यहरुमा रमेश शर्मा लामिछाने, धनराज सुनार, थमनारायण पौडेल र डिल्लीराम पाध्या निर्वाचित भएका छन । यस्तै लेखा समिति संयोजकमा गणेश लामिछाने र ऋण समिति संयोजकमा रमेश शर्मा लामिछाने निर्वाचित भएका छन ।
यसअघि सहकारीको साधारणसभा तथा बिशेष भेलाको अध्यक्ष ढाकाराम गौतमले उद्घाटन गरे । उनले सहकारीले पशु तथा कृषि ब्यबसाय प्रर्बद्धनका लागि महत्वपुर्ण योगदान पु¥याउने बताए । भेलामा कोषाध्यक्ष मनरुपा सुबेदीले आर्थिक र लेखा समिति संयोजक गणेश लामिछानेले लेखापरिक्षण प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष रुद्रप्रसाद अधिकारी र सञ्चालन सचिब राजुप्रसाद खनालले गरेका थिए ।
सहकारीमा १ सय ४७ जना शेयर सदस्य रहेका छन भने १ करोड ४२ लाख ६० हजार कुल पुंजी रहेको छ । गत बर्ष २ करोड ४३ लाख ऋण लगानी गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’