चौतारी सञ्चार सहकारीको साधारणसभा सम्पन्न

पर्वत/ सञ्चारकर्मीहरुको पहलमा सञ्चालित चौतारी सञ्चार सहकारी संस्थाको पाँचौ साधारणसभा शनिबार कुस्मामा सम्पन्न भयो ।
संस्थाको साधारणसभाको अध्यक्ष केशबराज पुरीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै सञ्चार क्षेत्र र बचत तथा ऋणको काम गर्ने संस्थाले परिर्वतीत समय अनुसार कारोबार परिर्वतन गर्न आवश्यक भएको अध्यक्ष पुरीले बताउनुभयो । संस्थाले सहकारी ऐन अनुसार नै सबै कारोबार ब्यबिस्थत गर्दै लाने प्रतिबद्धता जनाउनुभयो । संस्थाका संस्थापक अध्यक्ष गणेश पौडेलले सहकारीले बदलिएको परिस्थिति अनुसार आफ्ना काम काबार्हीहरुलाई परिर्वतन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।


साधारसभामा कोषाध्यक्ष टंकलाल भुसालले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने लेखा समितिका संयोजक उमाकान्त तिवारीले लेखापरिक्षण प्रतिबेदन पेश गर्नुभएको थियो । उद्घाटनसत्रको सञ्चालन सचिब प्रेम शर्मा पौडेल र स्वागत शिक्षा समितिका संयोजक राजेन्द्र पहाडीले गर्नुभएको थियो । साधारणसभाले संस्थाको नाम र उद्देश्य परिर्वतन गर्दै बचत तथा ऋण सहकारीको रुपमा लैजाने प्रस्ताब समेत पारित गरेको छ ।
२०७० मा स्थापित चौतारी सञ्चार सहकारीमा हाल ७६ जना शेयर सदस्य छन । संस्थाको शेयर पुंजी १ करोड २६ लाख ५५ हजार रुपैंया रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’