शरीरले ठगेपनि सुमधुर स्वरका धनी भक्तको आधा जीवन बजारमा (भिडीयो सहित)

काठमाण्डौ / शारिरीक रुपमा उनी अशक्त छन । अशक्त भएर के भो त उनको मिठो स्वरमा जादु नै छ । मिठो स्वरका धनी उनै भक्त बिश्वासले आफ्नो पहिलो आधुनिक गीत बजारमा ल्याएका छन । आधा जीवन बोलको आधुनिक गीतलाई इन्दिरा म्युजिक एण्ड इन्टरटेनमेन्टले डिजिटल बजारमा ल्याएको छ । गायक बिश्वासको यो नै पहिलो गीत पनि हो । बिभिन्न गजल साँझहरुमा गाउँदै आएका झापाली गायक बिश्वास संगीतका प्रशिक्षक पनि हुन । स्वदेशमा केही गर्न खोजेको एउटा युवा अन्तिममा बिदेशी परेको आम नेपाली युवाहरुले गरेको संघर्षलाई म्युजिक भिडीयोमा उतारिएको छ । गीतमा शब्द सिर्जना दिनेश खरेलको रहेको छ भने सन्जय पाण्डेले संगीत भरेका छन ।
म्युजिक भिडीयोमा सञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा विडारी सिम्रन विष्ट र ईस्वर खड्काले अभिनय गरेका छन । म्युजिक भिडीयोको निर्देशन सुमधुर स्वरकी धनी गायिका ईन्दिरा भट्टराईले गरेकी हुन भने छायाँकन आर्यन बिमलीले गरेका छन ।
भिडीयो