कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध भातृ संस्था तरुण दलको बिरोध प्रदर्शन

काठमाडौँ–/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध काँग्रेस भ्रातृ संगठन तरुणदलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । तरण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको हो ।

उनीहरुले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन् । काँग्रेसले आजै दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक ३ बजेसम्म पनि सुरु भएको छैन । निर्धारित समयमा सभापति देउवा नपुगेपछि बैठक सुरु हुन नसकेको हो ।

आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’