कसको स्वार्थको निम्ती हुँदैछ आइजीलाइ प्रहार गर्दै प्रहरी कम्जोर पार्ने खेल ?

– राधाकृष्ण देउजा

नेपाल प्रहरीमा कार्यरत वाहलवाला हुन वा भूतपूर्व हुन अथवा प्रहरी बुझेका जोसुकै हुन उनीहरुसंग नेपालको इतिहासकै निर्विवाद तथा सम्मानित गृहमन्त्रीहरुको नाम सोधियो भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अग्रपङ्क्तिमै आउंछ l त्यसो हुनुको पछाडी वहाँले गृहमन्त्री हुँदा देखाउनु भएको निस्पक्षता , आफु मातहतका सुरक्षा निकायलाइ ठिक काम गर्न प्रेरित गर्ने र गलत गर्दा दण्डित गर्ने तर हस्तक्षेप नगर्ने नीति लगायतका थुप्रै कारण थिए l अनि वहाँ पदमा हुँदा होस वा नहुँदा होस वहाँले सदैव नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको सवलताको निम्तीनै भूमिका खेल्दै आउनु भयो l चाहे विगतमा आफ्नै पार्टीको गृहमन्त्री हुँदा तत्कालिन आइजीपी अच्युतकृष्ण खरेललाइ हटाउँदा होस वा तत्कालिन माओवादी नेतृत्वको सरकारले तत्कालिन सेना प्रमुख रुक्माङ्गत कटवाललाइ हटाउने निर्णय गर्दा होस वा केहि समय अगाडी नेपाली काँग्रेसको सरकारले तत्कालिन डिआइजी नवराज सिलवाललाइ आग्रह पूर्वाग्रह राखेर मुद्दा लगाउदै धरपकड गर्दा होस केपी ओलीले आफुलाइ सदैव गलत कदमको विपक्षमा उभ्याउनु भयो , गलत कामको विरोध र गलत गर्नेको भण्डाफोर गर्नु भयो l त्यति मात्रै हैन सुरक्षा निकायलाइ मानव अधिकार उल्लङ्घन लगायतका कतिपय तथ्यहीन आरोप लाग्दा वहाँ अरु भन्दा एककदम अगाडी बढेर त्यसको प्रतिरक्षा गर्दै आउनु भएको छ l यस अगाडी वहाँ प्रथम पटक प्रधानमन्त्री हुँदा अनुमानको आधारमा बन्ने कतिपय समाचारहरुले वहाँले भनेको नमानेकोले तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्याललाइ हटाउने भन्दै निरन्तर समाचार प्रकाशन गरेपछि वहाँले त्यस्तो समाचारको शाव्दिक प्रतिवाद गर्नु भएन तर स्वयं आफैं प्रहरी प्रधान कार्यालय पुगेर तत्कालिन नेतृत्व प्रति आफ्नो विश्वास रहेको व्यवहारिक जवाफ दिनु भयो l त्यति मात्रै नभएर वहाँको यस कार्यकालमा जव आइजीपी छनोटको दिन नजिकियो वहाँले तत्कालिन अवस्थामा प्रतिस्पर्धामा रहेका कसैलाइ भेटनु भएन , जव निर्णय गर्नु पर्ने समय आयो त्यतिवेला योग्यता , क्षमता र विद्धमान वरियताको आधारमा वर्तमान आइजीपी सर्वेन्द्र खनाललाइ स्वाभाविक रुपमा बढुवा गरेर त्यस समय आइरहेका धेरै समाचारहरु तथ्यहीन थिए भन्ने पनि व्यवाहारिक रुपमै प्रमाणित गरिदिनु भएको थियो l उल्लेखित तथ्यहरुले हालका प्रधानमन्त्री सुरक्षा निकायमा वितण्डा मच्चाउने पात्र नभई अरुले गरेको गल्ती समेत सुधार्दै सुरक्षा संगठनहरुलाइ ठिक ढंगले उच्च मनोवल सहित चलाउन भूमिका खेल्ने एक असल अभिभावक हुनुहुन्छ भन्ने प्रमाणित भएको छ तर पनि विडम्वना वहाँकै नाम समेत जोडेर अनेकन हौवा चलाउने काम भएकै छन l यस्तैमा केहि दिन देखि नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाइ हटाउने अनि कुनै अमुक अधिकृतलाइ आइजीपी बनाउन सम्माननीय प्रधानमन्त्री लाग्नु भएको छ भन्ने दलिल दिँदै हौवा पिटाउने काम चलिरहेको छ l न वहाँको विगत देखि वर्तमानले वहाँबाट त्यस्तो काम हुनसक्छ भन्ने देखिन्छ न त भएका आइजीपीलाइ हटाएर जसलाइ आइजीपी बनाइन्छ भनिदै छ वहाँनै त्यस्तो अनुचित ढंगले आइजीपी हुन चलखेलमा लाग्ने खालको व्यक्ती हुनुहुन्छ अनि त्यस्तो सत्यताको वावजुद पनि पटक पटक आइजीपीको हुर्मत लिने, प्रहरी नेतृत्वको परिवर्तनको हल्ला चल्ने क्रम रोकिएको छैन l हुँदाहुँदा देशको अवस्था हेरेर आइजीपी आफैंले सहभागिताको सम्भावना इन्कार गरेको भ्रमणलाइ समेत सरकारले अस्विकार गरेको भन्दै आशालाग्दो पत्रकारहरुलाइ समेत भ्रमित पार्ने काम भएको देखिन्छ l सम्माननीय केपी ओली जत्तिको स्थिरताको पक्षधर प्रधानमन्त्री हुँदा आइजीपी त के खरदार मुखिया पनि अनुचित रुपमा असामयिक पदमुक्त हुने सम्भावना त छंदैछैन त्यसैले फेरी एक पटक अनुचित र असंगतिपूर्ण ढंगले आइजीपी परिवर्तन हुन्छ कि भन्ने चिन्ता त कसैले गर्नु जरुरि नहोला नै तर उच्च मनोवल सहित दिनरात खटनु पर्ने प्रहरी संगठनको नेतृत्व परिवर्तनको हल्ला चलाएर त्यसले सिर्जना गर्न सक्ने अन्योल अनि आन्तरिक शंका उपशंकाको जगमा कसले के स्वार्थ पूर्ति गर्न खोज्दैछन त्यसको पनि खोजीनिति हुनुपर्ने देखिन्छ l

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’