प्रवासी नेपालीद्धारा पहिरो पिडित परिवारलाई २ लाख ७५ हजार सहयोग

पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटका पहिरो पिडितलाई प्रवासी नेपालीहरुले सहयोग गरेका छन । पर्वत समाज कतारले २ लाख ७५ हजार ७ सय १५ रुपैया नगद रकम सहयोग गरेको हो । उक्त सहयोग रकम एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले परिवारलाई हस्तान्तरण गरेका छन ।
गिरीले सहयोग रकम हस्तान्तरण गर्दै विदेशी मुखीमा दुःख गरी कमाएको रकमले गरिएको सहयोगले पिहिरो पिडित परिवारकालाई थोरै पनि राहत महसुश भएको बताए । उनले नेपालीहरु आपसमा मिलेर, सहयोगी भावनाका साथ बस्न रुचाउने स्वभाव भएका कारण पनि एक जनालाई दुःख र समस्या पर्दा सवै जनाले मिलेर सहयोग गर्ने प्रचलन पुरा पुर्व काल देखि नै चल्दै आएको स्मरण गरे । उनले पहिरोबाट ज्यान गुमाएका स्वर्गिय रयाम बहादुर चालिसेप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवार प्रति समवेदना समेत ब्यक्त गरे । उक्त अवसरमा खस क्षेत्री सेवा समाज दोहा कतारले पनि नगद १५ हजार रकम प्रदान गरेको थियो । उक्त रकम पनि सांसद गिरीले परिवारका लागि हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लामिछाने, नेपाली काङग्रेस पर्वतका पार्टी सभापती खिम प्रसाद भुषाल, कुश्मा नगरपालिका–३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याय, वार्ड न २का अध्यक्ष यदुनाथ बास्तोला, वडा सदस्य शान्ति शर्मा, पर्वत समाज कतारका संस्थापक प्रताप गिरी, पूर्व उपाध्यक्ष धन सुनार, नारायण उच्च माध्यामिक विद्यालय व्यवस्थापान समितिका अध्यक्ष रमाकान्त शर्मा, पर्वत समाज कतारका पुर्व कोसाध्यक्ष दुर्गा बहादुर क्षेत्री, पुर्व कार्यसमिती सदस्य सौगात लामिछाने लगाएतले सहयोगी हातहरु प्रति धन्यवाद ब्यक्त गरेका थिए ।
कतार समाजका संरक्षक छविलाल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत पूर्व अध्यक्ष दिपेन्द्र जंग लामिछाने र संचालन निर्वतमान महासचिव सन्तोष गुरुङ गरेका थिए ।