प्रदेश ट्राफिक प्रहरी प्रमुख घिमिरेको निर्देशन – ‘कसैले पनि मृत्युलाई हत्केलामा बोकेर हिड्न र कसैको मृत्युको खबर सुन्न नपरोस’


पर्वत / ट्राफिक प्रहरीले सवारी साधनलाई काबार्ही गरेर राजस्व संंकलन गर्ने भन्दा दुर्घटना न्युनीकरणमा जोड दिन सरोकारवालाले आग्रह गरेका छन ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पर्वतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले राजस्व संकलन गर्न तर्फ मात्रै प्रहरी केन्द्रित भएकाले दुर्घटना शुन्यमा झार्ने तर्फ जोड दिन आग्रह गरेका हुन ।
दशैं तिहार जस्ता चाडबाडमा धेरै दुर्घटना हुने भएकाले सवारी चेकजाँट र सडकको अबस्था सुधार गर्नुपर्ने धारणा पनि सहभागीहरुको थियो । ट्राफिक प्रहरीले अनावश्यक रुपमा जरिवाना तिराउँदा पटक पटक मर्कामा परेको ब्यबसायीहरुले गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले राजस्व संकलन गर्ने कुरा प्रहरीको प्राथमिकता नभएको स्पष्ट पार्नुभयो । उहाँले दुर्घटनालाई शुन्यमा झार्ने प्रहरीलाई काम गर्न पनि निर्देशन दिनुभयो । ‘मैले मातहतको युनिटको मुल्याँकन राजस्व उठाएको आधारमा होइन दुर्घटना कति कम भयो भनेर गर्नेछु’ उहाँले भन्नुभयो ‘चाडबाड आउँदैछ, कसैले पनि मृत्युलाई हत्केलामा बोकेर हिड्न र कसैको मृत्युको खबर सुन्न नपरोस’ नेपालमा मात्रै ट्राफिक राजस्व कम भएकाले पालना गराउन कठिन भएको हुँदा राजस्व मात्रा बढाउने हो भने उल्लंघनमा कमि आउँछ भन्नुभयो । व्यवहारिकता हेर्न खोज्दा नै प्रहरी कमजोर बनेको बताउँदै नियम र कानूनलाई कडाईका साथ पालना गर्ने र गराउने भएकोले व्यवहारिकताका नाममा नियम र कानूनलाई उल्लघंन गर्न नुहुने बताउनुभयो ।


गण्डकी प्रदेशको ट्राफिक प्रहरीले चालकलाई पनि ज्याकेट लगाउनुपर्ने नियम कार्यान्वयनमा लैजाँदै गरेको तथा बागलुङ र गोरखा जिल्लामा कार्यान्वयनमा पनि गइसकेको प्रहरी उपरीक्षक घिमिरेको भनाई छ । उहाँले अन्तरक्रिया कार्यक्रममा सहभागी भएकाहरुको गुनासोको सुनुवाई गर्दै पोखरा बागलुङ सडकखण्ड अन्तरगत कास्कीको नागडाँडादेखि हेम्जासम्म स्तरोन्नतीका काम चलिरहेको बेलामा सवारी आवतजावत गर्न कठिनाई भएको सुनेकोले हलुका सवारीहरुलाई सहज तरीकाले नागडाँडाबाट सराङकोट हुँदै पोखरा पुग्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय कास्कीसँग कुरा गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वत प्रशासन र प्रहरीले आवश्यक सुरक्षा रणनीति तयार पारिरहेको जानकारी गराउँदै चाडवाडको बेलामा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनका संचालक र जुवातास खेल्नेहरुलाई कडा कारबाही गरिने बताउनुभयो । चाडपर्वका बेलामा यात्रुहरुको चाप बढी हुनेभएकोले रातो नम्बर प्लेट भएका सवारीले पनि यात्रु बोक्न दिने की ? भन्ने बिषयमा मिल्ने सम्म सहज वातावरण बनाउन थालिएको तर जुवातास खेलेको सम्बन्धमा कडा कारबाही गरिने जानकारी दिनुभयो । पर्वतका प्रहरी प्रमुख श्यामु अर्यालले सुरक्षा र कानुन कार्यान्वयनका सन्र्दभमा कसै संग पनि सम्झौता नहुने स्पष्ट पार्दै गलत नियत राखेर कसैलाई दुःख दिने पक्षमा प्रहरी नरहेको स्पष्ट पार्नुभयो ।


कार्यक्रममा जनप्रतिनिधिहरु, उद्योगी तथा व्यवसायी, यातायात व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले कार्यक्रममा सहभागीहरुले जिल्लाको यातायाता व्यवस्थापन, भाडादर, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनको बिषय, अव्यवस्थित सडक तथा बसपार्क, चाडवाड केन्द्रित सुरक्षा योजना लगायतको बिषयमा आफ्ना धारणा र सुझाब राख्नुभएको थियो । कुस्मा नगरपालिका वडा नं ११ का अध्यक्ष शिब पौडेल, वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका पुर्ब अध्यक्ष दुर्गाप्रसाद शर्मा, भपर्वत जेसिजका अध्यक्ष मोहन आचार्य, यातयात ब्यबसायहीहरुले बिभिन्न बिषयमा सुझाब दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी कल्पना नेपाल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले गर्नुभएको यो भने संचालन प्रहरी निरीक्षक राजन रायमाझीले गर्नुभएको थियो । कार्यक्रम गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाप्त असोज ४

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’