शहिद स्मारक बोर्डिङ स्कुलका विद्यार्थी प्रहरी कार्यालयमा , अपराध अनुसन्धान देखि प्रहरीको काम गर्ने शैलीका बारेमा बढी जिज्ञासा

पर्वत /समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतमा प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्तगरगत प्रहरीले समुदायका बिभिन्न पक्षहरुलाई प्रहरी कार्यालयको अवलोकन भ्रमण तथा जानकारी गराउँदै आएको छ ।
सोही कार्यक्रम अनुसार कुश्मा नगरपालिका ६ साझाचोकमा रहेको शहीद स्मारक अंग्रेजी आवासिय माध्यमिक विद्यालयका बिद्यार्थीहरुले प्रहरी कार्यालयमा रहेका बिभिन्न कक्षहरुको बारेमा अवलोकन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले प्रहरी कार्यालयले कुन कक्षबाट कसरी काम गर्छ ? भन्ने बारेमा जानकारी लिएका छन् । अवलोकन भ्रमणको क्रममा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्र रहेका विभिन्न शाखाहरु र तिनका कार्यहरुका बारेमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले प्रष्ट पार्नुभएको थियो ।
जस्मा विद्यार्थीहरुलाई अपराध अनुसन्धानसंग सम्वन्धित जिज्ञासाहरु उक्त शाखामा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझीले प्रष्ट पार्नु भएको थियो । उक्त भ्रमण कार्यक्रमको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले विद्यार्थिहरुसंग भेटघाट गरी विधार्थीहरुको मनोभावना एवम् प्रहरी प्रतिको सोचाई, घरेलु एवम् सामाजिक अपराध न्यूनीकरणमा विद्यार्थीहरुको भुमिका, डायल १००, साईवर अपराध जस्ता विषयमा अन्तरक्रिया गर्नुभएको थियो भने विद्यार्थीहरुले प्रहरीसंग सम्वन्धित जिज्ञासाहरु समेत सोही कार्यक्रममा राख्नुभएको थियो ।
उक्त अवलोकन भ्रमणको सहजिकरण प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल र प्रहरी जवान बसन्त सुनारले गर्नुभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।