पर्वतको थापाठाना स्थित भुमे आधारभुत विद्यालयमा ईन्टरनेट प्रविधि जडान

पोखरा / गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधि सँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको बताउनुभएको छ । बुधबार पर्वतको फलेवास नगरपालिका वडा नं. २ स्थित भुमे आधारभुत बिद्यालय थापाठानाको ६१ औँ वार्षिकोत्सव तथा बिद्यालयमा जडित ईन्टरनेट प्रविधिको उद्घाटन गर्दै मन्त्री लम्सालले भन्नुभयो”हामीले ज्ञानलाई विज्ञान सँग जोड्न सकेनाँै,विज्ञानले आविष्कार गरेको प्रविधिलाई हामीले भित्र्याउन सकेनौँ र आज हामी पछाडी प¥यौँ ।
मन्त्री लम्सालले नेपालीहरुले अथाह प्राविधिक ज्ञान र सामथ्र्य हुदाँ हुदैँ पनि संस्कृति तथा साक्षर मात्र बन्ने परम्परागत शिक्षालाईनै अझै सम्म निरन्तरता दिदाँ प्रविधिमा प्रगति हासिल गर्न नसकिएको बताउनुभयो । अब प्राविधिक र व्यवहारिक शिक्षा तथा ज्ञानलाई विज्ञान सँग जोड्ने र विज्ञानले आविष्कार गरेका नयाँ प्रविधिको प्रयोग गरि बिद्यार्थीहरुको क्षमता अभिवृद्वि गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री लम्सालले विकसित राष्ट्रहरुले सार्वजनिक शिक्षामा यो उच्च प्रविधिको प्रयोग गरेर बनाएको ज्ञान र आफ्नो स्रोत साधनको आधारमा नै आ—आफ्ना भावि कार्यदिशा र कार्ययोजनाहरु निर्माण गर्दै आएको बताउनुभयो । सूचना र संचार प्रविधिलाई ग्रामिण क्षेत्रका विद्यालयहरुमा भित्र्याउनको लागि प्रदेश सरकारले योजना अगाडी सारेको उहाँको भनाई थियो ।
मन्त्री लम्सालले सिकाई निरन्तरतामा ढिलाई भयो भने वालवालिकाको भविष्य सुनिश्चत हुन नसक्ने हुदाँ उनीहरुको क्षमता वृद्वि गर्नका लागि नयाँ नयाँ प्रविधिको भरपुर प्रयोग गरेर शिक्षण गराउनुपर्ने बताउनुभयो ।


समाज विकासको पहिलो आधार शिक्षा भएको र शिक्षा विना शुसान,समृद्वि,विकास र प्रगति सम्भव नभएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले संविधानको अनुसुचि ८ मा आधारभुत शिक्षा र माध्यामिक शिक्षाको काम गर्ने सबै अधिकार स्थानिय तहलाई भएको उल्लेख गरिएता पनि संघिय सरकारले अधिकार माथी खिच्न थालेको भन्दै असन्तुष्टी जनाउनुभयो । उहाँले फलेवास नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुको बुर्जुवा शिक्षण पद्वतिलाई परिर्वतन गरी शिक्षा ऐन नियामावली बनाएर नयाँ ढंगका साथ अगाडी बढ्ने बताउनुभयो । उहाँले बिद्यालयमा शिक्षा सुधारको लागि शिक्षा अधिकारी र बिद्यालयका प्र.अ. बिच कार्यसम्पादन सम्झौता समेत गरीने बताउनुभयो ।
फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले फलेवासको समग्र शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले नयाँ कार्ययोजनाका साथ अगाडी बढिरहेको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष गंगानारायण श्रेष्ठ,समाजवादी पार्टी पर्वतका अध्यक्ष ओम ब. भण्डारी, थापाठाना मा.वि.प्र.अ.विष्णु प्रसाद शर्मा,पुर्व विद्यार्थी कमल ब.खत्री लगाएतले बोल्नुभएकोे थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम ब.भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उमकान्त जैशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक महेस पौडेलले गर्नुभएको थियो । बिद्यालयका भुतपूर्व विद्यार्थीहरुको आर्थीक सहयोगमा विद्यालयमा ईन्टरनेट जडान गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’