‘कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन बोगटिको भुमिका महत्वपुर्ण’

पर्बत / नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पर्बतले पूर्व माओवादी केन्द्र का तत्कालीन महासचिव पोस्ट बहादुर बोगटीको पाँचौ स्मृति दिवस मनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा पर्बतका कार्यलय सदस्य भक्त कुँवरले पूर्व माओवादी केन्द्र का तत्कालीन महासचिव पोस्ट बहादुर बोगटी कर्तब्य निष्ठा, बैचारिक र ब्यक्तित्व भएको भन्दै अहिलेका युवा नेतृत्वहरुले उहाँको अनुसरण गरेर आम देश र जनताको लागि मार्ग दर्शन बन्न सके मात्र बोगटीप्रति सच्चा सम्मान हुने बताउनु भएको छ।
पार्टी र जनताको लागी जस्तो सुकै निर्णय र दुखलाई पनि सहजै समना गर्ने सक्ने साहस र क्षमता बोगटिमा भएको भन्दै कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन बोगटिको महत्वपुर्ण भुमिका रहेको हुदा नेकपाले उहाँको योगदानालाई सधै सम्झिराख्ने र उहाँले देखाएको बाटोलाई आत्मसाथ गरेर देश र जनताको लागि अगडि बढिरहने बताउनु भएको छ।
उक्त कार्यक्रममा नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी, सचिबलय सदस्य मिनराज केसि, कार्यलय सचिब शिबलाल सार्कि, जिल्ला सचिबालय सदस्य दुर्गा दर्जी लगायतले बोगटीप्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’