इन्स्पेक्टर गोबिन्द पन्थीको एक्सन – जना बलात्कारीलाई कारवाही गरेरै छाडे

काठमाडौं । साँखु प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक गोविन्द पन्थीले बलातकृत बालिकाको उद्दार गर्दै उल्लेखीय काम गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं बस्ने १५ बर्षीया बालिका पबित्रा श्रेष्ठ हराएको निवेदन परेपछि तत्काल खोजतलासी गरी इन्स्पेक्टर पन्थीले उनको उद्दार गरे । अनुसन्धानको क्रममा उनले शंखरापुर नगरपालिका वडा नं। ७ बस्ने धिरज श्रेष्ठसँग फेला पारी बालिका अभिभावकलाई तत्कालै बुझइदिए । पबित्रासँग उचित काउन्सेलिग गर्दै उनीमाथि दुई दिन दुव्र्यवहार गर्दै अनैतिक कार्य गरेको थाहा पाएपछि उनले अभियुक्तलाई कारबाही गरेरै छाडे ।

त्यस्तै कागेश्वरी मनोहरा १ गागलफेदी बस्ने संजय श्रेष्ठले सिन्धुपाल्चोक घर हुने २१ बर्षिया महिला अन्जना तामाङ लाई आफु विवाहित भएपनि श्रमती सँग सम्बन्ध ठिक नभएको, तिमिलाई विवाह गर्छु, सम्पत्ति तिम्रै नाउँमा गरी दिउला भनि अनेक प्रलोभनमा पारी यौनसम्पर्क गर्दै आएको खुलासा भयो । जव महिला पक्षले आफ्नी छोरीको विवाह भएको हल्ला सुनेपछि मायाको जालमा पारी यौन शोषण गरिरका सफल संजय श्रेष्ठ गुन्डागर्दीमा उत्रिए । तत्पश्चात उजुरी साँखु प्रहरी पन्थीकै कार्यालयमा आयो ।

इस्पेक्टर पन्थीले पिडितको गुनासो सुन्दै र उनको प्रारम्भिक अनुसन्धानमै उक्त घटना बलात्कार घटना भन्ने ठहर गरे । त्यसलग्तै उनले अनैतिक कार्य रहेको खुलासा गर्दै तत्कालै कारवाही प्रक्रिया अगाडी बढाए । उनले यस्तो खालको केस पनि तत्कालै हल गरी पिडित पक्षलाई न्याय दिलाएरै छाडे ।

त्यस्तै घटनामा अन्य कतिपय प्रहरी अधिकृतले केशलाई सामान्य रुपले लिने, सिनियर प्रहरी अधिकृतले केश नहेरीदिने, तल तलैबाटै मिलापत्र गराउने जस्ता प्रबृतिले गर्दा प्रहरी यदाकदा विवादित समेत बन्न पुगेको पाइन्छ । यस्ता घटनाहरु उनले गम्भीर रुपमा नबुझेको भए सायद पिडित पक्षले न्याय पाउँदैनथे होला ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’