किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव निर्वाचित

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् ।

उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘यो विजय व्यक्तिगत रुपमा मेरो मात्र होइन, समग्रमा नेपालको सामूहित जित हो,’ उनले लेखेका छन् ।

पाल परिवार, समस्त पत्रकार जगत, साथी-शुभेच्छुकमा धन्यवाद ! यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो ! सबैमा बधाइ,सबैमा शुभकामना !’ निर्वाचित भएपछि उनले फेसबूकमा लेखेक

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’