राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका सभामुख सेनबीच भेट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित अध्यक्षर्क कार्यकक्षमा भेटवार्ता गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभयो। दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान-प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको धारणा राख्नुभयो।

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराउनुभयो। ‘संघीय संसदअन्तर्गत ५९ सदस्य रहेको राष्ट्रियसभामा सात प्रदेशबाट समान प्रतिनिधित्व रहेको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रियसभामा ४० प्रतिशत महिला, प्रत्येक प्रदेशबाट एकजना दलित, एकजना अपाङ्ग वा अल्पसंख्यक रहने व्यवस्था छ र राष्ट्रियसभा अत्यन्त समावेशी छ।’

सो अवसरमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह गर्नुभयो। ‘तथ्यांकअनुसार आयरल्याण्डबाट वार्षिक करिब तीनहजार पर्यटक नेपाल आउने गरेका छन्,’ उहाँले भन्नभयो, ‘अब त्यो संख्या तीसहजार पुग्ने विश्वास लिएको छु।’

नेपाल हिमालदेखि तराईसम्म भौगोलिक विविधता र प्राकृतिक रुपमा सुन्दर भएकाले भ्रमण गर्न आग्रह गर्नुभयो। उहाँले आयरल्याण्ड युरोपियन युनियनको सदस्य राष्ट्र भएकाले नेपाली ध्वजावहाक जहाजलाई युरोपको आकासमा उडानका लागि खुल्ला गर्नका लागि पहल गर्न आग्रह गर्नुभयो।

त्यसैगरी आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाएकोमा आभार व्यक्त गर्नुभयो।

उहाँले आइरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको उल्लेख गर्नुभयो।

आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’