अनलाईनबाटै घर–जग्गा कारोवार गर्न “ल्याण्ड बैंक”

पर्वत/ अनलाईनबाटै घरमै बसेर सिधै घरजग्गा किनबेचका लागि ‘ल्याण्ड बैंक’ सेवा शुरु भएको छ ।
नेपालमा रियल स्टेट क्षेत्रकोे लिडिङ्ग कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले ‘ल्याण्ड बैंक’ नामक सिस्टम परिक्षणको लागि बजारमा ल्याएको हो ।
रियलस्टेट क्षेत्रकोे आधुनिक ब्यवस्थापन गर्न, प्रविधिलाई पुर्णतया आफ्नो आउटलेटबाट प्रयोग गर्न नयाँ प्रबिधी प्रयोगमा ल्याएको आरकेडी रियलस्टेट एण्ड कन्स्ट्रक्सन कम्पनी लिमिटेडले जानकारी दिएको छ । यो अनलाईन प्रणाली एक करोड रुपैयाको लागतमा तयार पारिएको हो । कारोबार गर्न चाहनेले www.rkdrealestate.com.npको ल्याण्ड बैंक डिपार्टमा गई देश भरिवाट एकै साथ सेवाग्राहीहरुले सेवा लिन सक्ने ब्यबस्था गरिएको छ ।
घर, जग्गा, घडेरी खरिद विक्रीगर्ने अपरिमेन्ट खरिद विक्रीगर्ने जग्गा तथा घर एवं कोठा, फल्याट भाडामा लिनदिन, जग्गा निकास गर्नको लागि ‘ल्याण्ड बैंक’को सिस्टममामा वसेर आफ्नो सम्पत्तिको ब्यवस्थापन एवं कारोवार गर्ने सुविधा रहेको छ । ‘ल्याण्ड बैंक’ को प्रर्वद्धन गर्ने हालमा कारोवार गर्दा कुनै पनि खालको शुल्क नलाग्ने र ग्राहकहरुलाई घरमावसीवसी एकै आंैलावाट सारा कारोवार सिधै गर्न सक्ने सुविधा दिएर कम्पनीले रियल स्टेटको बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न खोजिएको कम्पनीले जनाएको छ । परिक्षण कारोवार सफल भएपछि दशैको अवसर पारेर आधिकारीक रुपमा ‘ल्याण्ड बैंक’ लाई शुुभारम्भ गर्ने कम्पनीका प्रमुख समन्वय अधिकारी चिन्तामणि शर्माले वताउनुभयो । आरकेडी कै सहायक कम्पनी पंञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले अनलाईन टुरिज्ममा पेमेन्ट गेटवेको लागि १० करोडको लागतमा ‘पकेट’ ब्राण्डको टुरिजम एप्स निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’