वडा अध्यक्ष सुबास पौडेलको दैनिकी – बिहान–बेलुका फार्मको काम, दिउँसो नागरिकको सेवा

पर्वत /बिहान सबेरै उठेर गाईफार्ममा काम गरिरहेका कामदारसँगै गाईको स्याहारमा लाग्नु, गाईफार्मको काम सकेपछि केही तल रहेको तरकारी खेती गरिएको ठाउँमा पुगेर बजारमा पठाउनको लागि तरकारी टिप्नु, बारीमा अनावश्यक भएका बिरुवा र हाँगाको काँटछाँट गर्नु। बिहानको खानापछि वडा कार्यालयमा पुगेर नागरिकको सेवा, साँझमा फेरि तरकारी र गाईफार्ममा उही सुसेधन्दा। यो दैनिकी हो कुस्मा नगरपालिका ७ खरेहाका सुवासचन्द्र पौडेलको। तत्कालीन एमालेबाट स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुको एउटा प्रभाव उनको मिहिनेत पनि हो।

आफ्नो घरमा यतिका मिहिनेत गरेर काम गर्ने मान्छेले वडामा बसेर जनताका काम कसरी नगर्ला? यही सोचेर पनि पौडेललाई स्थानीयले जनमत दिए। राजनीति गर्नेले प्राय भाषणमा ठूला–ठूला कुरा गरेर कृषि र औद्योगिक क्रान्ति गर्ने भनिरँदा आफैँले त्यसलाई व्यवहारमा उतार्न सकिरहेका छैनन्। तर, पौडेलले भने कहीँ पनि भाषण गर्नुपर्‍यो भने युवा तथा महिला उद्यमलाई बढी जोड दिन्छन्, केही न केही काम गरेर व्यस्त रहँदा मात्र कामप्रतिको जोस पलाउने बताउँछन्। पौडेल युवा धेरैका लागि उदाहरणका पात्र बनेका छन्। जिल्लाका विभिन्न स्थानका कृषक सदरमुकाम कुस्मा आएको मौका परेमा उनको फार्ममा पुगेरै छाड्छन्। पौडेल र उनको समूहले पनि झर्को नमानीकन आफूहरूले जानेका कुरा सिक्न जानेहरूलाई सिकाउँदै कृषि कर्मप्रति प्रेरित गर्छन्। पौडेलको गाईफार्ममा अहिले ८ ओटा गाई रहेको भए पनि अब संख्या थप गरेर १५ ओटा पुर्‍याउन लागिएको छ। उनको गोठमा पालिएका होलेस्टेन र जर्सी जातका गाईले अहिले दैनिक चार सय लिटरसम्म दूध दिएका छन्।

बिक्री हुने जति दूधलाई बिक्रीका लागि नजिकैको सदरमुकाम कुस्मा बजार र स्थानीय खरेहा बजारमा बिक्री गरेपछि बाँकी रहेको दूधबाट अरू परिकार तयार गरिन्छ। बाँकी रहेको दूधबाट दही, पनिर र खुवा बनाइने र तिनीहरूको पनि बजारमा राम्रो माग रहेको वडाध्यक्ष पौडेल बताउँछन्। खुवा अर्थात् कुराउनी आवश्यक परेमा किन्न पाइने ठाउँ जिल्लामै एक मात्र ठाउँ स्वर्ग फार्म हो भने एक किलो खुवाको मूल्य हजार रुपैयाँ रहेको छ। कृषिबाट सफल बन्नुमा उनको सहकार्यको नीति हो। ‘ससुरा बुबा र आमा पनि सँगै हुनुहुन्छ, उहाँहरूसँग सहकार्य गरेर काम गरिरहेको छु। वडाध्यक्ष भएपछि पहिले जस्तो समय दिन पाएको छैन’ उनले भने, ‘गाई फार्ममा ससुरा बुबा र आमासँग मिलेको छु, तरकारी खेतीमा फेरि अरू नै दुईजना साथीहरूसँग सहकार्य गरेको छु।’ गाई पालनभन्दा ठूलो लगानीमा पौडेलले तरकारी खेतीको विस्तार गरेका छन्। पहिलेबाट गाई पालनमा रमाएका उनले तरकारी खेतीमा पनि बानी बसाएको केही महिना मात्र भएको छ। गत मंसिरदेखि भदौसम्मको अवधिमा तरकारी खेतीमा २८ लाखभन्दा बढीको लगानी भएको छ भने यसमा तीन जना हिस्सेदार रहेका छन्। वडाध्यक्ष पौडेलसहित हिस्सेदारहरू नीलराज पुरी र सागर पौडेलले पनि तरकारी खेतीमा सहकार्य गरेका छन्। यही कारण पनि पौडेललाई सजिलो भएको छ। ‘म त दिउसोमा हुन नै पाउँदिन बिहान बेलुका फार्ममा हुन्छु’ उनले भने, ‘म सहकार्यमा विश्वास गर्ने मान्छे हो, अरू पनि इच्छुक भएमा हामी शेयरमा सहकार्य गर्न तयार छौँ।’ ‘स्वर्ग अर्ग्यानिक कृषि तथा पशु फर्म’ को नाममा सञ्चालन गरिएको उनीहरूको तरकारी बारीमा कुनै पनि प्रकारको विषदीको प्रयोग गरिएको छैन। यही कारण तरकारी बारीमा फलेका तरकारीलाई बजारसम्म लैजानै नपर्ने अवस्था छ।

सुवासँग सहकार्य गरिरहेका नीलराज भन्छन्, ‘हामीले गँड्यौला मल सहितका प्रांगारिक मलहरू प्रयोग गर्ने गरेका छौँ। हाम्रो फार्ममा अहिलेसम्म विषादी प्रयोग गरेका छैनौँ’ उनले भने, ‘फलाउन सके जति पनि बिक्री हुने गरेको छ। तरकारी लिन व्यापारी र उपभोक्ता आफैँ फार्ममा आउनुहुन्छ, बजारको समस्या कहिलेकाहीँ मात्र हो।’ स्वर्ग फार्ममा घिरौँला, करेला, लौका, बोडी, टमाटर, क्याप्सिकम, कुरिलो, भन्टा, रामतोरिया, साग, काउलीलगायतका धेरै प्रकारका तरकारी फलाउने गरिएको छ। ५ वटा ग्रिन हाउस हाई टेक टनेल र ६ ओटा सामान्य खालका गरी ११ ओटा टनेलमा हरियाली छ। लटरम्म तरकारी फलेका छन्। तरकारी फार्मबाट मात्र मासिक झन्डै डेढलाख भन्दाको बढीको कारोबार हुने गरेको फार्मका शेयर सदस्य सागर पौडेल बताउँछन्। ‘तरकारी खेतीलाई अझै विस्तार गर्न लागिरहेका छौँ, अहिलेको अवस्थामा मात्रै पनि महिनामा डेढ लाखभन्दा बढीको कारोबार हुने गरेको छ’ पौडेल भन्छन्, ‘महिनामा कम्तीमा पनि पचास हजारभन्दा बढी बचत हुने गरेको छ। अब टनेल र खेतीको बिस्तारसँगै बचत र लगानीमा पनि वृद्धि हुने छ।’ तरकारी खेती सफल हुनुमा तीनैजनाको योगदान महत्त्वपूर्ण रहेको उनीहरू बताउँछन्।

सुवासचन्द्र पौडेल वडाध्यक्ष भएर पनि बिहानबेलुका तथा बिदाको दिनमा टनेलभित्र छिरेर आफैँ काम गर्छन्। टमाटरका हाँगा काँटछाँट गर्छन्, सिँचाइको व्यवस्थापन मिलाउँछन्, टनेलभित्र सुकेका वा कुहिएका हाँगा वा बिरुवा भएमा हटाउँछन्। उनीजस्तै अर्का लगानीकर्ता नीलराज पनि उत्तिकै खटिरहेका हुन्छन्। तीन जना शेयर सदस्यमध्ये तरकारीको बारेमा सबैभन्दा अनुभवी व्यक्ति भने नीलराज नै हुन्। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा पाँच वर्ष, दुबईमा दुई वर्ष तथा विदेशबाट फर्किएपछि नेपालमा तेह्र वर्षदेखि तरकारी खेती गरिरहेका उनले विदेश बसाइमा पनि कृषि क्षेत्रमा नै काम गरेका थिए। उनले त्यही सीपलाई स्वदेशमा लगाएका छन्। अर्का लगानीकर्ता सागरले अहिलेको अवस्थाले मात्र सन्तुष्ट हुन नसकिने बताउँदै अब फार्ममा फूलखेती र स्थानीय जातको कुखुरा पालनको पनि विस्तार गर्ने तयारी गरिएको बताए। तरकारी खेतीमा त्यति धेरै चुनौती नरहेको भए पनि कहिलेकाहीँ बजारको अभावले समस्या उत्पन्न गराउने वडाध्यक्ष पौडेलको भनाई छ। ‘मेरो चिनजानको कारण पनि हाम्रो फार्मको तरकारीले राम्रो बजार पाएको होला, हामीलाई त बजारको समस्या छैन’ उनले भने, ‘हामीले हाम्रो मात्र कुरा गरेर त भएन, अरू कृषकहरूको समस्या र गुनासा सुन्दा कहिलेकाहीँ बजारको समस्या हुने गरेको बताउँछन्।’ उनको अनुभवमा कुनै पनि बिषदीको प्रयोग नगरीकन अर्ग्यानिक रूपमा तरकारीको उत्पादन गर्दा बजार राम्रो पाउने गरेको भए पनि उत्पादन भन्दा झन्डै पचास प्रतिशत कम हुन्छ। आफूहरूले तरकारीमा विषादीको सट्टा गाईको गहुँतलाई पाइपमार्फत टनेलमा नै छिराएका कारण मात्रै उत्पादन धानिएको पौडेलले बताए। पहिले विदेशमा बसेरसमेत आएका कारण नीलराज र विष्णु दुवैले कोही पनि युवालाई विदेशमा नजान सुझाव दिन्छन्। काम गर्ने तरिका जान्ने हो भने खासै दुःख नहुने तर आम्दानी राम्रो हुने भएकोले अरूको जस्तै भन्दा पनि अरूको भन्दा फरक तरिकाले खेतीमा लाग्नुपर्ने उनीहरू सुझाउँछन्।

वासचन्द्र पौडेल वडाध्यक्ष भएर पनि बिहानबेलुका तथा बिदाको दिनमा टनेलभित्र छिरेर आफैँ काम गर्छन्। टमाटरका हाँगा काँटछाँट गर्छन्, सिँचाइको व्यवस्थापन मिलाउँछन्, टनेलभित्र सुकेका वा कुहिएका हाँगा वा बिरुवा भएमा हटाउँछन्। उनीजस्तै अर्का लगानीकर्ता नीलराज पनि उत्तिकै खटिरहेका हुन्छन्। तीन जना शेयर सदस्यमध्ये तरकारीको बारेमा सबैभन्दा अनुभवी व्यक्ति भने नीलराज नै हुन्। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा पाँच वर्ष, दुबईमा दुई वर्ष तथा विदेशबाट फर्किएपछि नेपालमा तेह्र वर्षदेखि तरकारी खेती गरिरहेका उनले विदेश बसाइमा पनि कृषि क्षेत्रमा नै काम गरेका थिए। उनले त्यही सीपलाई स्वदेशमा लगाएका छन्। अर्का लगानीकर्ता सागरले अहिलेको अवस्थाले मात्र सन्तुष्ट हुन नसकिने बताउँदै अब फार्ममा फूलखेती र स्थानीय जातको कुखुरा पालनको पनि विस्तार गर्ने तयारी गरिएको बताए। तरकारी खेतीमा त्यति धेरै चुनौती नरहेको भए पनि कहिलेकाहीँ बजारको अभावले समस्या उत्पन्न गराउने वडाध्यक्ष पौडेलको भनाई छ। ‘मेरो चिनजानको कारण पनि हाम्रो फार्मको तरकारीले राम्रो बजार पाएको होला, हामीलाई त बजारको समस्या छैन’ उनले भने, ‘हामीले हाम्रो मात्र कुरा गरेर त भएन, अरू कृषकहरूको समस्या र गुनासा सुन्दा कहिलेकाहीँ बजारको समस्या हुने गरेको बताउँछन्।’ उनको अनुभवमा कुनै पनि बिषदीको प्रयोग नगरीकन अर्ग्यानिक रूपमा तरकारीको उत्पादन गर्दा बजार राम्रो पाउने गरेको भए पनि उत्पादन भन्दा झन्डै पचास प्रतिशत कम हुन्छ। आफूहरूले तरकारीमा विषादीको सट्टा गाईको गहुँतलाई पाइपमार्फत टनेलमा नै छिराएका कारण मात्रै उत्पादन धानिएको पौडेलले बताए। पहिले विदेशमा बसेरसमेत आएका कारण नीलराज र विष्णु दुवैले कोही पनि युवालाई विदेशमा नजान सुझाव दिन्छन्। काम गर्ने तरिका जान्ने हो भने खासै दुःख नहुने तर आम्दानी राम्रो हुने भएकोले अरूको जस्तै भन्दा पनि अरूको भन्दा फरक तरिकाले खेतीमा लाग्नुपर्ने उनीहरू सुझाउँछन्।थाहाखबरबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’