मैत्रीपूर्ण फुटबलमा पत्रकार बिरुद्ध कर्मचारी मैदानमा , पत्रकारका तीन गोल बिरुद्ध कर्मचारीका नौ गोल

पर्वत । निजामित कर्मचारी दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । पर्वत जिल्लाका निजामित कर्मचारी र पत्रकार महासंघका वीचमा मैत्रीपूर्ण फुलबल खेल सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूहले ९ गोल गरेको थियो । प्रतिउत्तरमा पत्रकारको समूहले ४ गोल गरेको थियो ।
सदरमुकाम कुश्मा बजार स्थित शसस्त्र गणको खेलकुद चौरमा सम्पन्न खेलको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले खेलकुदको माध्यमबाट पत्रकार र कर्मचारी वीचको सम्बन्धले विकास निर्माणको काममा सहयोग सहयोगी भूमिका निर्वाह हुने धारणा राखिन ।
घिमिरेले देश विकासका लागि राजनैतिक दल, कर्मचारी र पत्रकारको बढि भूमिका रहने भन्दै उनीहरु वीचको मित्रवद् भावना अझै बलियो हुनुपर्ने धारणा ब्यक्त गरिन । ९० मिनेटसम्म खेलिएको उक्त खेलमा निजामित कर्मचारीका कार्यालय प्रमुख देखि अन्य कर्मचारी समेत सहभागी थिए । महासंघको तर्फबाट पर्वत जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । खेलको पहिलो गोल निजामित कर्मचारीले गरेका थिए । प्रतिउत्तरमा १ गोल गरेको पत्रकारको समूहले आक्रमक भन्दा प्रतिरक्षात्मक खेल खेलेको थियो ।
विजयी समूहलाई निजामति कर्मचारी दिवसको अवसरमा नगद ५ हजार रुपैंया पुरस्कृत गरिने कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष हरी पंगेनीले जानकारी दिए ।