देशमा पर्यटक पठाउने काममा दुताबासहरुको भूमिका प्रभावकारी बन्नुपर्छ -अध्यक्ष तिमिल्सिना


दक्षिण कोरिया / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वदेश भ्रमणका लागि बिदेशी पर्यटकहरु पठाउन राजदुतावास र कर्मचारीहरुले प्रभाबकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनाले नेपाली राजदुताबासले आयोजना गरेको कार्यक्रममा बोल्दै देशमा धेरै भन्दा धेरै पर्यटक पठाउनका लागि दुताबासका कर्मचारीहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको हो ।


‘देशमा पर्यटक बढाउनका लागि राजदुत मात्रै होइन हरेक कर्मचारीले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ’ , उहाँले भन्नुभयो ‘देशका पर्यटकीय क्षेत्रको प्रचार र प्याकेजहरुका बारेमा राम्रो पब्लिसिटी गर्ने माध्यम नै दुताबास हुनुपर्छ ।’ सबैको एकिकृत पहलबाट नै २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पुरा गर्न संभब हुने बताउँदै अध्यक्ष तिमिल्सिनाले हरेकले आफ्नो ठाउँबाट यसलाई गम्भीरतापुर्वक लिएर काम अघि बढाउन आग्रह पनि गर्नुभयो ।
आफ्नो पहिलो बिदेश भ्रमणका क्रममा रहनुभएका अध्यक्ष तिमिल्सिनाले आफ्नो पहिलो भ्रमण पनि बिदेश घुम्नका लागि नभएको बताउँदै यसबाट देशले केही पाउनुपर्छ भन्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।


उहाँले करिब ४० हजार नेपाली कामदार रहेको दक्षिण कोरियामा कामदारको सुरक्षाका बारेमा निरन्तर ध्यान दिन दुताबासलाई आग्रह पनि गर्नुभयो । ‘कोरियामा सिकेको सिप र कमाएको धनलाई स्वदेशमा लगानी गर्न प्रोत्साहित गर्ने काममा पनि दुताबास लाग्नुपर्छ ’उहाँले भन्नुभयो ।
उक्त कार्यक्रममा दुतावासका कार्यबहाक राजदुत रामसिंह थापाले कर्मचारीहरुले नेपाली कामदारहरु कोरियामा लोकप्रिय रहेको अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका थिए । इपिएसबाट आएका कामदारहरु समय सकिएपछि पनि अबैध रुपमा बस्न खोज्दा समस्या हुने गरेको र त्यसले सरकारी कोटा काटिँदै आएको जानकारी पनि गराएका थिए । अर्को तर्फ शिक्षित युबा समेत कोरिया आउँदा जोखिमपुर्ण काम गर्नुपर्ने र त्यसले मानसिक समस्या बिकराल बन्दै गएको पनि बताएका थिए ।


अध्यक्ष तिमिल्सिनाले बिश्वप्रसिद्ध मोटर उत्पादक कम्पनी हुन्डाई, दक्षिण् र उत्तर कोरियाको सिमा लगायतका स्थानको पनि भ्रमण गर्नुभएको छ ।


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’