म्याग्दीमा नेष्डो सम्बृद्ध लघुबित्तीय संस्थाका कर्मचारी लुटिए, कुटपिटबाट कर्मचारी घाइते

बेनी/ म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा अपरिचित ब्यक्तिले नेष्डो सम्बृद्ध लघुबित्त बित्तिय संस्थाका कर्मचारी लुटिएका छन भने लुटेराको कुटपिटबाट कर्मचारी गम्भीर घाइते भएका छन ।
पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डो सम्बृद्ध लघुबित्तिय संस्थाको म्याग्दीको दरवाङ शाखाका एक महिला कर्मचारीलाई कुटपिट गरि नगद लुटिएको हो । तनहु जिल्ला घरभई नेष्डोमा कार्यरत सुस्मा क्षेत्री र अनिता गिरी गाउँमा गठित समुहबाट पैसा संकलन गरी दरवाङ फर्किने बेलामा दुईजना पुरुषले क्षेत्रीलाई कुटपिट गरी घाईते बनाएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
क्षेत्रीको घाँटी र टाउकोमा चोट लागेको इप्रका दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए । उनका अनुसार क्षेत्री बोल्ने नसक्ने अवस्थामा भेटिएको बताउँदै घटना हुने बेलामा संगै गएकी साथी उक्त स्थानमा नभएको पाइएकाले कुटपिटमा संलग्नको हुलिया सहित कारण खुल्न नसकेको बताए ।
समुहबाट पैसा लिएर आएको जानकारी पाएर लुट्ने प्रयासमा कर्मचारीले प्रतिकार गर्दा घाईते भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनालगत्तै प्र.नी पाण्डेको नेतृत्वमा ७ जनाको टोली घटनास्थलतर्फ गएको छ । गम्भीर घाईते क्षेत्रीको थप उपचारका लागि एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।घटनामा संलग्नाको खोजीकार्य भइरहेको छ ।
नेष्डो लघुबित्त बित्तिय संस्थाका अध्यक्ष बिश्वप्रकाश प्रसाईले नगद लुट्ने उद्देश्यले नै कर्मचारी माथि आक्रमण भएको देखिएको र लुटिएको रकम यकिन भैनसकेको जानकारी दिए । उनले लुटेराको खोजी गरि काबार्ही गर्न स्थानिय प्रशासन संग आग्रह पनि गरे ।