चालकले भाईलाई चलाउन दिदा स्याङजामा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु, २२ घाइते

स्याङजा । स्याङ्जास्थित गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २ वर्षीया बालिका कञ्चन परियारसहित दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुने अन्य २ जनाको सनाखत हुन सकेको छैन् ।

पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो। जीपमा २३ यात्रु सवार थिए।

घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

उनले भने, ‘चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको छ ।’

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’