पर्वतको गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना, मन्त्री लम्सालद्धारा उद्घाटन

पर्वत/पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना गरिएको हो ।
गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय विकास संस्थाले ध्यान केन्द्र स्थापना गरेको अध्यक्ष मानकुमारी गिरीले जानकारी दिईन । विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई आफ्नो काम व्यवाहारबाट उन्मुक्ति लिनका लागि पनि यस केन्द्रमा आएर योग गर्न सकिने उनले बताईन । गुफामा पुजा आजा गर्न आउने भक्तजन तथा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त ध्यान केन्द्र स्थापना गरिएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाको सहयोगमा केन्द्र संचालनमा ल्याईएको अध्यक्ष गिरीले बताईन । सुविधासम्पन्न उक्त केन्द्रमा अब लगत्तै विहान, दिउँसो तथा साँझ गरी योग संचालन गरिने उनले बताईन ।
यसैबीच उक्त ध्यान केन्द्रको शनिवार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका छन् । उनले गुफामा आउने आन्तरिक तथा बाह्य पर्यटक वा भक्तजनका लागि यो ध्यान केन्द्र आकर्षणको माध्यम बन्ने बताए । शहरी कोलाहाल वातावरण, विभिन्न पेशा व्यावसायको तनाव व्यवस्थापनका लागि यो केन्द्र महत्वपुर्ण हुने बताउँदै यसले आन्तरिक तथा बाह्य पर्यटक समेत बृद्धि गर्ने बताए ।


मन्त्री लम्सालले सरकार पर्यटनबाटनै मुलुकको समृद्धि हासिल गर्नेगरी अघि बढेको बताउँदै सन् २०१५ मा १५ लाख र सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउनेगरी तयारी थालिएको बताए । उनले अहिले पूर्वाधार विकासलाई जोड दिईएको बताए ।
कार्यक्रमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले नेपालकै नमुना गुफा भएपनि आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताउँदै यसको प्रवद्र्धनका लागि तीनै तहका सरकारको ध्यान जान आवश्यक भएको बताए ।
कार्यक्रममा नेकपाका नेता मेघनाथ सुवेदी, कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्य, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, गण्डकी प्रदेश भ्रमण वर्ष जिल्ला समन्वय उपसमितिका सदस्य पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो । सो अवसरमा मन्त्री लम्साललाई गुफाको विकासका लागि ध्यानाकर्षण समेत गराईएको थियो ।
संस्थाका अध्यक्ष मानकुमारी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागच उपाध्यक्ष गणेशबहादुर खत्री र संचालन सचिब प्रनिश गिरीले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य कोषाध्यक्ष विपिन गुरुङले राख्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’