तिज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्कँदै गर्दा जीप दुर्घटनामा श्रीमानकाे ज्यान गयो

रोल्पा – तिज मनाउन श्रीमतीलाई माइत पुर्‍याएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ ।

श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्‍याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको ज्यान गएको हो ।

हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।

वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए-नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’