पर्वतको खुर्कोटका पहिरोपिडितलाई सांसद गिरीद्धारा ७० हजार र काँग्रेसद्धारा ७५ हजार र जस्तापाता सहयोग

पर्वत । पहिरोमा पुरिएर मृत्यु भएका कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले ७० हजार नगद प्रदान गरेका छन । स्वर्गीय चालिसेको स्मृतिमा आयोजीत श्रद्धाञ्जली सभा कार्यक्रममा सांसद गिरीले उक्त राहत रकम प्रदान गरेका हुन ।

राहत रकम प्रदान गर्दै सांसद गिरीले स्वर्गीय चालिसेको सामाजिक योगदान उच्च रहेको बताए । उनले अकल्पनीय र दुःखत घटनाले समाज परिर्वतनको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताए । मिजासिलो, सहयोगी र सामाजिक भावनाले भरिएका चालिसेले आफ्नो जीवनकालमा राजनैतिक, सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुराएको गिरीले स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टि पर्वतका जिल्ला अध्यक्ष समेत रहेका गिरीले दैवि प्रकोपका कारण परिवारजनमा पुगेको क्षति प्रति समवेदना ब्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य तथा मोदी गाउँकार्यपालिकाका प्रवक्ता बिमल लामिछानले भवितब्य घटना जहिले पनि जहाँ पनि जान सक्ने भन्दै यस्तो अवस्थामा परिवारलाई सवैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले राजनैतिक ब्यक्तित्वका धनी चालिसेको निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना समेत ब्यक्त गरे ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्या, कुश्मा नगरपालिका वडा न २ का नेकपा पार्टीका अध्यक्ष मिनराज केसी अविरल लगाएतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

घर माथिबाट आएको पहिरोले पुरिँदा चालिसेको भदौ ५ गते मृत्यु भएको थियो । घरमा एक्लै सुतिरेहका चालिसेलाई एक्कासी आएकोले पहिरोले पुरेको थियो । घर पूर्ण रुपमा भत्किएपछि चालिसे परिवार घरवार विहिन भएको छ । सांसद गिरीको अग्रसरतामा उक्त परिवारका लागि विभिन्न शुभेच्छुक, आफन्तजनहरुले संकलन गरेको रकम सो कार्यक्रममा गिरीले चालिसे परिवारलाई प्रदान गरेका हुन ।

चालिसेकी श्रीमती अघिल्लो दिनछोरीको घरमा वस्न गएका कारण उनी भने पहिरोबाट सुरक्षित बनेकी थिइन । चालिसेका दुई छोरा र चार छोरीहरु रहेकाछन । मृतक चालिसे ६९ बर्षका थिए ।

यसैबीच नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । काँग्रेस प्रतिनिधिले ७५ हजार ५० र खुर्कोट वडा कार्यालयले २१ हजार सहित घर छाउनलाई ४० पात टिन सोही अवसरमा हस्तान्तरण गरेको हो ।

पहिरोमा परेर निधन भएका चालिसेको पुरा घर धवस्त भएपछि अहिले सहयोग र दुखमा हार्दिकता देखाउनेहरुको क्रम जारी छ । नेपाली काँग्रेस पर्वतका पुर्वपार्टी सभापति तथा नेता नबराज गुरुङको नृतृत्वले स्वर्गीय चालिसेको घरमा पुगेर सहयोग हस्तान्तरण गरेको हो । सो,अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले दिवगत रेम चालिसेले राजनिति भन्दा समाजसेवा कर्मको अनुयायी रहेको बताउनुभयो ।

प्रदेश सभाका सांसद ललितकला गुरुङले यो बिषयले आफु लगायत पुरा प्रदेशलाई नै शोकमा पु¥याएको भन्दै आफ्नो तर्फवाट प्रदेश तहमा सहयोग गर्न पहल गर्ने बताउनुभएको छ । यस्तै,कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले स्वर्गिय चालिसेले जनप्रतिनिधिहरुलाई सत्य र सही मार्गमा हिडन दर्शाएको सरल मार्गको अनुसण गर्न आफु सहित सवै प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।

कुस्मा नगरपालिका २ का वडाध्यक्ष यादुनाथ शर्मा बास्तोलाको सभापत्तिवमा सम्पन्न भएको सोक सभा तथा सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस दुलुङका वडा अध्यक्ष बालकृष्ण शर्माले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’