बृद्धाको सुनको सिक्री लुट्ने महिला पक्राउ

पर्वत/ पर्वतको कुस्मा नगरपालिका वडा नं १४ की ८८ बर्षिया बृद्धाको गलाबाटै सुनको सिक्री लुटेको अभियोगमा एक महिला पक्राउ परेकी छन ।
कुस्मा नगरपालिका वडा नं १४ डाडाखर्क की ८८ बर्षिया रामकुमारी गुरुङ्गको गलामा लगाएको अबस्थामा सिक्री लुटेको अभियोगमा सोही ठाउँ बस्ने ४० बर्षिया कमला सार्की पक्राउ परेकी हुन ।
डाडाँखर्क स्वास्थ्यचौकी नजिक आफ्ना भाई इन्द्र गुरुङ्गको घरमा बस्दै आएकी बृद्धाको साथबाट बुधबार बिहान साढे ६ बजे सार्कीले सिक्री लुटेर भागेकी थिइन ।

घटनाको अनुसन्धान गर्दै जादा शंकास्पद रुपमा हिडिरहेकी नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेको स्विकार गरेकी थिइन । उनले लुटेको सिक्री केही तल पर्खालमा लुकाएको अबस्थामा फेला परेको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्ग घर भै माइती आर्थर छापस्वारामा बस्दै आएकी अभियुक्त नेपालीलाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’