२४ जिल्लाका सिडिओको सरुवा

काठमाडौं। गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका सिडओको सरुवा गरेको छ ।

काठमाडौंमा जनकराज दाहाल आएका छन् भने रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

ललितपुरका सिडिओ प्रेमराज जोशीको मकवानपुर सरुवा भएको छ । उनको ठाउँमा धादिङका भगिरथ पाण्डे आएका छन् ।

मोरङमा मदन भुजेल, रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल, झापामा उदयबहादुर राणा, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा बसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, कास्कीमा रमेश केसी, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनराज पन्तको सरुवा गरिएको छ ।

यस्तै, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डेको सरुवा गरिएको छ । डा. कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको छ ।

यसैगरी, दिर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमूखमा सरुवा गरिएको छ । उपसचिव सुरेन्द्र पौडेललाई नख्खु कारागार प्रशासन प्रमूखमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’