भुकमा सामुदायिक स्वास्थ निरुपण कार्यक्रम

सुवास लामिछाने, पर्वत /पोखरा बिश्वबिद्यालय जनस्वास्थ कार्यक्रम स्नातक तह तेस्रो बर्ष छैटौ समेस्टार “समुह क” का बिद्यार्थीहरुले पर्बतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङले वडामा रहेको स्वास्थ सम्बन्धी मुख्य समस्याको पहिचान गरेका छन् ।
बिद्यालयका ९ जना बिद्यार्थीहरु एक महिना सम्म वडामा रहेर वडाको जनसाङख्यीक बिवरण, स्बास्थ सम्बन्धी ज्ञान, स्थानिय बासिको स्वास्थ अबस्था, बिभिन्न रोग, मातृशिशु, खानेकुरा आपुर्ति र पोषण, परिवार नियोजन लगायतका बिषयमा डाटा संकलन गरेका हुन ।
वडामा रहेका करिब २ सय ४० घरधुरीमा पुगी संकलन गरेको डाटा बिद्यार्थीहरुले एक कार्यक्रम गरी सरोकारवालाहरुका बिच प्रस्तुतिकरण मार्फत जानकारी समेत गराएका थिए । क
सो कार्यक्रम अन्तर्गत स्थानीय जनप्रिय निम्न माध्यमिक बिद्यालय लप्सीबोट र भुक देउराली माध्यमिक बिद्यालयका बिद्यार्थीहरुसगं किशोराबस्थामा देखा पर्न सक्ने खतराजन्य व्यवहारको जानकारी, सेनेटरी प्याड बनाउने तालिम, व्यक्तिगत सरसफाई सम्बन्धी जानकारी मूलक कार्यक्रम र सामग्री वितरण गरिएको थियो । साथै जनचेतनामुलक कार्यक्रमको बारेमा जानकारी गराईएको थियो भने बालबिवाह सम्बन्धी नाटक समेत प्रदर्शन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै पोखरा विश्व विद्यालयका सहायक प्राध्यापक दिपेन्द्र कुमार यादबले बिद्यार्थीहरुले गरेका खोज मुलक तथ्यहरुको सही ढंगका साथ निराकरण गर्ने आबश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै भुक स्वास्थ्य चौकिका प्रमुख उद्धब शर्माले आगमि दिनहरुमा स्वास्थ्यमा देखिएका समस्याको समाधान गर्न स्वास्थ्य चौकि परिवार लागि पर्ने बताउनुभएको थियो । एक महिना सम्म गाउँमा बसेर अनुशन्धान तथा खोज गर्ने बिद्यार्थीहरुमा सुन्दर लामिछाने, अस्विन घिमिरे, बिश्वास केसि, बिनोद बुढा, यसोदा केसि, स्वतिका बराल,अनामिका तिवारी, सिमा बिश्वकर्मा र सृष्टि केसि रहेका थिए ।