मस्त निद्रामा ओढेको सिरकमै छोप्यो पहिरोले, गुहार पनि भन्न भ्याएनन

दुर्गाप्रसाद शर्मा , पर्वत/ खेतमा कुलो लगाएपछि सधै झै खाना खाएर घरमै सुत्नुभएको थियो ७० बर्षिय रेमबहादुर चालिसे ।
हरेक दिन सिरक भित्र मिठो निद्रा पुगेपछि बिहान सबेरै उठ्ने उहाँ बिहीबार बिहान भने उठ्न सक्नुभएन । घरमाथिबाट आएको पहिरोले ओढीरहेको सिरक माथिबाट उहाँलाई कहिल्यै नबिउझ्ने गरि छोपिदिएको छ ।
पर्वतको कुश्मा नगरपालिका( २ खुर्कोट बुढीस्वाँरामा बुधबार राती गएको पहिरोमा पुरिएर ७० बर्षिय सामाजिक अगुवा रेमबहादुर चालिसेको मृत्यु भएको छ । पहिरोमा पुरिनुभएका चालिसेको शब ओछ्यानमा नै सुतेको अबस्थाा फेला परेको हो । ‘ओढेको सिरक फाल्ने फुर्सद नपाउँदै पापी कालले लगेछ’ छिमेकी यामप्रसाद शर्माले भन्नुभयो ‘कसै संग गुहार समेत माग्न पाउँनुभएन’ ।
पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरि हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ‘राती घरमा सुतेको अवस्थामा पहिरोले घर पुरेपछि एकाले चालिसेको ओछ्यानमा नै सिरक ओढेको अबस्थामा खनेर निकालिएको छ ’ उहाँले भन्नुभयो । मृतकको शब पर्वत जिल्ला अस्पतालमा पोष्टमार्ट गरि आफन्तलाई बुझाएको छ ।
छिमेकी चालिसेका दुई छोरा र पाँच छोरीहरु रहेका छन् । छोरा छोरीहरुको बिहेवारी भैसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएक छन् । छिमेकीहरुका घरबाट केही टाढा छ मृतक चालिसेको छ । घरमा श्रीमान श्रीमती मात्रै बस्दै आउनुभएको छ । श्रीमती छोरी भेट्न कुस्मा नगरपालिका ( २ खुर्कोट कै डाँडाघर जानुभएको थियो । छोरीको घरमा खेतबारी गोडमेलमा सघाउन जानु भएको स्थानियले बताएका छन । ‘दुई चार दिन छोरीकै घरमा बस्ने गरि जानु भएको थियो ।’ छिमेकी यामप्रसाद शर्माले भन्नुभयो ‘वल्लो पल्लो गाउँमा भएपनि श्रीमानलाई पहिरोले पुर्दा गुहार दिन पनि पाउनुभएन’ छिमेकीले समेत पल्लो गाउँबाट पहिरोले घर पुरेको खबर गरेपछि बिहान ६ बजे मात्रै खबर पाएका थिए । ‘बिहान उज्यालो भएपछि खबर पायौ’ छिमेकी शर्माले भन्नुभयो ‘खोजी गर्दा जीउँदो भेट्न सकेनौै ।’ मृतक चालिसे खाना खाएर घर भन्दा केही माथि रहेकी दाजुकी छोरीको घरमा पुगेर फर्कनु भएको थियो । सामाजिक रुपमा धेरै कामहरुको अगुवाई गर्दै आउनुभएका चालिसेको निधनले सिंगो गाउँ नै शोकमा छ । जसलाई जे पर्दा पनि सहयोगका लागि तम्सने उहाँलाई गुमाउँदा गाउँलाई ठुलै क्षति भएको शर्माको भनाई छ ।
वर्षा भैरहेका बेला घर भन्दा माथि रहेका सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको छ ।
न्युकालीगण्डकी दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’