पर्वतको खुर्कोट पहिरो अपडेट -ओढेको सिरक भित्रै भेटियो चालिसेको शब


पर्वत/ पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका रेमबहादुर चालिसेको शब भेटिएको छ ।
गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बगाउँदा पुरिएका ७० वर्षीय रेमबहादुर चालिसेको शब ओछ्यानमा नै सुतेको अबस्थाा फेला परेको हो ।
राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको ओछ्यानमा नै सिरक ओढेको अबस्थामा खनेर निकालिएको छ । पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरि हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार मृतकको शब पोष्टमार्टमा लागि जिल्ला अस्पताल पर्वतमा ल्याईदै छ । श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर जानुभएको थियो । उहाँ सम्पर्कमा आउनुभएको छ ।
वर्षा भैरहेका बेला घर भन्दा माथि रहेका सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ ।
चालिसेका दुई छोरा र चार छोरीहरु रहेका छन् । छोरीहरुको बिहेवारी भैसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएक छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’