श्रीमानका हत्यारासँग पैसा असुलेको आरोपमा श्रीमती पक्राउ

भोजपुर / श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ।

०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा खोलाको भिरबाट धेकेलेर हत्या गरेको प्रहरीको भनाइ छ। घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ। केही समयपश्चात मृतकको श्रीमती मिनाले पनि मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुलेको डीएसपी नरबहादुर सलामीमगरले बताए।

घटनामा आरोपी स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेका थिए। मुख्य अभियुक्त रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको डीएसपी मगरको भनाइ छ।

आफ्नै पतिको हत्याराबाट लिएको रकमले सदरमुकामस्थित एक सहकारी संस्थामा जम्मा गरेको खुलेको छ। सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजारको आफ्नी सासूलाई भैँसी किन्न दिएको मिनाले बयान दिएकी छन्।

जिल्ला प्रहरीमा आएको बेनामे पत्रबाट अभियुक्तलाई पक्राउ गरिएको डीएसपी मगरले जानकारी दिए। बेनामे पत्रमा भिरबाट लडेर मरेको भनिएका पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले धकेली हत्या गरेको भन्ने विवरण उल्लेख थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’