पर्वत जिल्ला अस्पतालमा डायलाईसिस सेवा संचालन हुँदै, मृगौलापिडितलाई ठूलो राहत

पर्वत/लामो समयदेखि रिफर सेण्टरको रुपमा उपमा पाउँदै आएको पर्वत जिल्ला अस्पतालमा मृगौलाको डायलाईसिस सेवा शुरु हुने भएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे नीति र कार्यक्रम मार्फत नितिगत अनुमती दिएपछि डायलाईसीस सेवा शुरु गर्ने तयारीमा जुटेको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० लाख बजेट समेत बिनीयोजन गरेको छ । उक्त रकमले डायलाईसिस कक्षको तयारी तथा व्यवस्थापनका लागि मात्र पर्याप्त हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । विभिन्न संघ संस्था, निकाय र व्यक्तिहरुको सहयोगमा कम्तिमा ५ वटा डायलाईसिस मेशिन खरिद गरि सेवा सुचारु गरिने पहाडीले जानकारी दिएका छन् ।
यो सेवा शुरु भएपछि मृगौला रोगबाट पिडित र मृगौला प्रत्यारोपण गर्न नसकेकाहरुका लागि ठुलो राहत हुने भएको छ । अहिले पनि मृगौला पिडितहरुले डायलासिस सेवा लिनका लागि विभिन्न जिल्लामा जानुपर्ने र धेरै दिन पालो कुरेर उपचार गर्नुपर्ने समस्या रहेको छ । पर्वतमा यो सेवा शुरु भएपनि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा लाभान्वित हुने भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’