कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त, नक्कली बैंक ग्यारेण्टीले फुत्क्यो मन्त्री पद

काठमाडौं । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् । पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई बर्खास्त गरिएको कर्णाली प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

मुख्यमन्त्रालयका अनुसार मुख्यमन्त्री शाहीले पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिएका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीका नेतासँग छलफल गरी बर्खास्त गरेका हुन् ।

बिहीबार साँझ नै मुख्यमन्त्री शाहीले मन्त्री खत्रीलाई बर्खास्त गरेको निर्णय प्रदेश प्रमुख दुर्गाकेश खनाललाई जानकारी दिएका छन् । संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरी भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री शाहीले आफै सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतका न्यायाधिशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको हो ।

पूर्वाधारमन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ज्ञारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको ठहर गर्दै उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’