७९ डिएसपीको सरुवा: कालीमाटीमा कुवँर, इटहरीमा भण्डारी

काठमाडौं । नेपाल प्रहरीको मुख्यालले ७९ जना डिएसपीको सरुवा गरेको छ। बिहिवार प्रकाशित सरुवा सुचीअनुसार डिएसपी रुगम कुवँरको महानगरीय प्रहरी बृत कालीमाटीमा सरुवा भएको छ।

सरुवा सुची अनुसार पुर्व क्षेत्रको चुनौतीपूर्ण पोस्टिङ् मानिने ईलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा डिएसपी धर्मराज भण्डारीको सरुवा भएको छ। उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत थिए।

इटहरीका डिएसपी समिरचन्द्र खरेल संयुक्त राष्ट्रसंघीय मिसनमा जाने भएपछि खरेलको ठाउँमा भण्डारीको सरुवा भएको हो। भण्डारी कार्यरत जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डिएसपी बिरेन्द्र शाहीको सरुवा भएको छ।

प्रहरी मुख्यालयले प्रकाशन गरेको सरुवा सुची अनुसार महानगरीय प्रहरी बृत महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर बिक, ईलाका प्रहरी कार्यालय टाडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नारायण प्रसाद चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङ, सुनसरीमा बिनोद शर्मा (भण्डारी), ताप्लेजुङमा ज्ञानेन्द्र प्रसाद फुयाल, सल्यानमा ढकेन्द्र खतिवडा, डडेल्धुरामा दधिराम न्यौपाने, तेह्रथुममा नविनकिशोर प्रधान, प्युठानमा नरेन्द्र कार्की, कालिकोटमा श्यामबाबू ओलिया, पाँचथरमा सिद्धराज न्यौपाने, दैलेखमा हरीबहादुर ओली, मुगुमा भुवनेश्वर प्रसाद साह, र डोल्पामा नारायण रन्जितकारको सरुवा भएको छ।

हेर्नुहाेस् सूची :

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’