जनैपुर्णिमामा पर्वतका सबै स्थानिय तहले दिए सार्वजनिक बिदा

पर्वत / हिन्दु धर्माबलम्बीहरुले बिषेश महोत्वका साथ मनाउने जनैपुर्णिमामा पर्वतमा सबै स्थानिय तहले सार्वजनिक बिदा दिएका छन ।
पर्वतको कुस्मा र फलेबास नगरपलिका , जलजला, मोदी,महाशिला, पैंयु र बिहादी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन ।
कुस्मा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र जोशी, फलेबास नगरपालिकाका पमुख पदमपाणी शर्मा र पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, बिहादी गाउँपालिकाका प्रमुख कमलप्रसाद भुसाल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, महाशिला गाउँपालिकाकी उपप्रमुख हिराकुमारी थापाले तथा जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बुधबार बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेका छन ।
बिज्ञप्तीमा आफ्नो पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघसंस्थाहरुलाई बिदा दिने निर्णय गरेको उल्लेख छ । बैंक तथा बित्तिय संस्थाका बारेमा कुनैपनि पालिकाले बिदाका बारेमा उल्लेख भने गरेका छैनन ।
प्रदेश सरकारले सार्वजनिक बिदा दिने अपेक्षा गरिएको भएपनि अहिले सम्म औपचारिक निर्णय गरेको छैन ।