वृहत छलफल गरेर संशोधन गर्न नपर्ने गरी विधेयकलाई अन्तिम रुप दिनुपर्छ -अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनको सफल कार्यान्वयन गराउन सबै तहका सरकारबीच सहमति आवश्यक रहेको बताएका छन् ।

संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश ३ का जनप्रतिनिधिसंग भएको छलफलमा उनले संविधानको भावना अनुसार साझा अधिकारको सूचीलाई व्यवस्थित र परिभाषित गरी संविधानको भावनाअनुसार सबै नागरिकले अधिकारको प्रयोग गर्नसक्ने बनाउनुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय तहले हरेक अधिकारलाई आफू मातहत राख्न चाहनु अस्वभाविक नभएको भन्दै उनले सबैको चाहनाबाट साझा सहमति खोज्न प्रदेशस्तरीय छलफल प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

वृहत छलफल गरेर लामो समयसम्म संशोधन गर्न नपर्ने गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने उनको भनाइ छ ।

विधेयकमा सक्दो सहमति जुटाउने उद्देश्य साथ राष्ट्रियसभाले संघीय संसद, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरुसंग संयुक्त छलफल गरेको हो ।

कार्यक्रममा विधेयकले गरेको व्यवस्थाबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रियसभाले विधेयकमाथि अधिकतम सहमति जुटाउने प्रयासमा सबै प्रदेशमा छलफल गरेको छ ।

७ वटै प्रदेशबाट आएका सुझावका आधारमा विधेयकमा संसोधन गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’