कुटपीटमा संलग्न ४ जना पक्राउ

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
आईतबार राती पर्वतको जलजला गाउँपालिका ४ लामाखेतका १७ बर्षिय पावल बि.क.लाई कुटपिट गरेको आरोपमा उनीहरुलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । प्रहरी निरीक्षक रायमाझीका अनुसार पक्राउ पर्नेमा लामाखेतकै ३३ बर्षिय तेजेन जुग्जाली, २० बर्षिय राजु पुन, ३९ बर्षिय कबिन गर्वुजा र २४ बर्षिय अमित फगामी रहेका छन् । उनीहरुले आईतबार साँझ पवलमाथि चिरपट दाउराले टाउकोमा प्रहार गरेको र वारी बेनीबाट खटीएको प्रहरी टोलीले आप्mनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाईते बि.क.लाई जिल्ला अस्पताल म्याग्दीमा प्राथमिक उपचारपछि थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा उपचारपश्चात डिस्चार्ज भएका छन्। प्रतिवादीहरु चारै जनालाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत १० दिनको म्याद लिएर अनुषन्धान भैरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’