सनराईज बैकको १ सय १९ औ शाखा पर्वत कुश्मामा

पर्वत/सनराईज बैंक लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा संचालन भएको छ ।
बैंकको १ सय १९औँ शाखाको रुपमा कुश्मामा शाखा विस्तार भएको हो । उक्त शाखाका आईतवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै जोशीले सानो बजारमा बैंकका शाखा विस्तार हुने क्रम बढ्दै गएको बताउँदै स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले बैंकमात्र धनी हुने नभई नागरिकहरुलाई पनि धनि बनाउनेगरी वित्तिय कारोबार गर्न आग्रह गर्नुभयो । जोशीले कृषि क्षेत्रमाम लगानी बढाउन सुझाव दिँदै विपन्न बर्गका नागरिकको जीवनस्तर नउकासिएसम्म समृद्ध नेपाल बन्न नसक्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बैंकको शाखा विस्तार हुनुले आर्थिक समृद्धितर्फ मुलुक अघि बढेको संकेत गरेको बताउँदै राष्ट्र बैंकका नीति नियम भित्र रहेर संचालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कुश्माबजारमा वित्तिय संस्थाहरुको आकर्षण बढ्दै गएको बताउँदै उद्योगी व्यावसायीसँग आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो । सानो बजारमा दुई दर्जन भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु स्थापना भएको बताउँदै उहाँले ग्राहकलाई सहज र सहुलियतपूर्व कारोबार गर्न आग्रह गर्नुभयो । सो अवसरमा सनराईज बैंकका कार्यकारी प्रमुख जनक शर्मा पौडेलले नेपालका सवै बाणिज्य बैंकहरु भन्दा यो बैंक अग्रस्थानमा रहेको दावी गर्दै ग्राहकहरुले बुझेर मात्र कारोबार गर्न आग्रह गर्नुभयो ।
उहाँले बैंकले यो वर्ष बैंकले थप २५ देखि ३० वटा नयाँ शाखा विस्तारको योजनामा रहेको जानकारी दिनुभयो । पौडेलले बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै यस वर्ष कृषि क्षेत्रको लगानीलाई १५ प्रतिशत पु¥याईने जानकारी दिनुभयो । पर्वतमा यस अघि १९ वटा वित्तिय संस्थाहरु संचालनमा रहेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’