पर्वतमा यसरी मनाईयो चौथो सामुदायिक वन दिवस

पर्वत/सामुदायिक वन उपभोक्ता महासंघ नगर महासंघ फलेवासको आयोजनामा चौथो सामुदायिक वन दिवस २०७६ मनाईएको छ ।
चौथो सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वनका उपभोक्ताहरूलाई नीतिगत एवं कानूनी सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम फलेवासको खानीगाऊँमा सम्पन्न भएको हो । कार्यक्रममा सरकारले परिमार्जन गर्न लागेको वन नीति र कानूनहरू सामुदायिक वनका उपभोक्ताहरूको हित विरूद्ध रहेको कुरा सरोकारवालाले व्यक्त गरेका छन् । अहिले सरकारले तीन तहका सरकारलाई विभिन्न माध्यमबाट सामुदायिक वनको आम्दानीको ९० प्रतिशत कर तथा गैरकर शुल्कको रूपमा तिर्नुपर्ने व्यवस्थाको कार्यान्वयन नगर्न जोडदार माग समेत गरिएको थियो ।


कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले सामुदायिक वन विपन्न र गरिबको आर्थिक उपार्जनको आधार भएको बताउनुभयो । उहाँले वन हुर्काउने मात्र नभई यसलाई आयआर्जन सँग जोड्नुपर्ने बताउँदै नगरपालिका पनि वनका उपभोक्राहरुसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ राष्ट्रिय कार्यसमितिका सदस्य शकुन्तला वि.क, प्रदेश कार्यसमितिका सचिव किशोर सापकोटा, लगायतले बोल्नुभएको थियो ।


त्यसरीगरी प्रदेश सदस्य प्रमिला पन्त, लिला दवाडि, जिल्ला अध्यक्ष कविता वि.क, सचिव गणेश पौडेल, गैसस महासंघका केन्द्रीय सदस्य देवीप्रसाद तिमिल्सिना, सव डिभिज वन कार्यालय फलेवासका प्रमूख भूवन थापा र उपभोक्ताहरु लकाश सुवेदी, देव शर्मा, खडानन्द शर्माले पनि वोल्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ फलेवासका अध्यक्ष परशुराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सदस्य केशर पन्तले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’