म्याग्दीको लुलाङ केन्द्र भएर ४ .७ रेक्टरको भूकम्प, कति जोखिममा छन धौलागिरीका चार जिल्ला

बेनी/ म्याग्दीको धौलागिरि गाउँपालिका २ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार ९आज० साँझ ६ बजेर २६ बजे ४ं.७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार अहिले भर्खरै गएको यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो। ‘यो गोरखा भूकम्पको नयाँ पराकम्प होइन्,पश्चिम क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्छु, उनले भने।

उनका अनुसार म्याग्दी क्षेत्रमा गएको भूकम्पबाट त्रसित हुनुपर्ने अवस्था भने छैन। लुलाङ आसपासका क्षेत्रमा सामान्य क्षति भएको अनुमान गरिएको छ। तर क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

म्याग्दीमा शुक्रबार साँझ गएको भूकम्प २०७२ सालमा गोरखाको बारपाक केन्द्र भएर गएको बिनासकारी भूकम्पको पराकम्प नभएको राष्ट्रिय भूकम्पमापन केनद्रले जनाएको छ । यो नयाँ भूकम्प भएको र पराकम्प भन्न नमिल्ने केन्द्रका प्राबिधीक सहायक राजेश शर्माले बताए । पश्चिम नेपालमा ठुलो भूकम्प नगएको पाँच बर्ष भन्दा बढी समय भएकाले यस क्षेत्रमा जुनसुकै बेला पनि ठुलो भूकम्प जान सक्ने खतरा रहेको केन्द्रले जनाएको छ । खासगरी हिमालय आसपासका क्षेत्रमा भूकम्पको केन्द्र हुन सक्ने खतरा भएकाले यस क्षेत्र पनि उच्च भूकम्पीय जोखिममा रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’