अध्यक्ष आफै बाटो मर्मत गर्न कस्सीएपछि


पर्बत,मनकारी अध्यक्ष जसले करीब ३ किलोमीटर बाटो आफु दिनभर बाटोमै खटेर निर्माण गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर १३ खौला अधेरीनेटा सडकका अध्यक्ष तेज बहादुर कार्कीले करिब एक महिना भन्दा बढी आफ्नो समय खर्चेर बाटो निमार्ण गरेका हुन । करीब ६० हजार बराबरको आफै श्रमदान गरेर उनले बाटो निमार्ण गरेका छन् । खौला अधेरीनेटा सडकको लागि कुश्मा नगरपालिकाबाट २ लाखको बजेट छुटिएको थियो तर २ लाखको बजेटले सबै सडकको स्तरोन्नती नभएपछि उनले बाटोको पुर्ब अध्यक्ष सचिब सबै लाई लगाएर आफै श्रमदान गरेर भएपनि बाटोको स्तरोन्नती गरी छाडेका छन् ।


नगरपालिकाबाट २ लाख बजेट परेको भएपनि सबै कटाएर १ लाख ७७ हजार मात्र आएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार सो बजेटबाट ८० मिटर सोलिङ गरी ग्राभेल बिच्छाइएको छ । बाटो निमाणर््को क्रममा उनलाई बाटोको पुर्ब अध्यक्ष हर्क बहादुर कार्की र सचिब ईन्द्र बहादुर क्षेत्रि लगायत अन्य केहि स्थानियहरुले समेत सहयोग गरेका थिए । भने बाटो निमार्णको क्रममा ढुङा, गिटी तथा बाटो सम्भार कार्यमा सुनिल एण्ड सुबास कन्स्ट्रक्सन प्रालिले समेत धेरै सहयोग गरेको अध्यक्ष कार्कीले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ