पर्वतको नमुना आवासिय माबिकी छात्रा सृष्टि नेपाल टप, सबै ए प्लसमा उर्तिण, नेपालकै सर्वोत्कृष्ट बिद्यालय भएको दाबी


पर्वत /यस बर्षको एसइइ परिक्षामा एक जना बिद्यार्थी नेपालकै टप सहभागी सबै बिद्यार्थी ए प्लस मा उर्तिण गराएको पर्वतको नमुना आवासिय माबि कुस्माले मुलुककै उत्कृष्ट बिद्यालय भएको छ ।
बिद्यालयबाट यस बर्ष एसइइमा सहभागी सृष्टि पौडेल ४ जिपीए सहित नेपालकै उत्कृष्ट नजिता ल्याउन सफल भएकी छन भने अन्य सहभागी ४१ जना बिद्यार्थी नै ए प्लस उर्तिण भएका कारण मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी बिद्यालयले गरेको हो ।
एउटै बिद्यालयका ४० भन्दा बढी बिद्यार्थी परिक्षामा सहभागी हुने , एक जनाले मुलुककै सर्वोत्कृष्ट नतिजा ल्याउने तथा अन्य सबै ए प्लसमा उर्तिण हुने बिद्यालय भएकाले उत्कृष्ट भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए । ‘यस्तो उत्कृष्ट नतिजा कमै बिद्यालयको आउँछ’ उनले भने ‘हामीले मुलुकमै उत्कृष्ट नतिजा ल्याएका छौ’


नमुना आवासिय माबिका ४२ बिद्यार्थी मध्ये एक जना सृष्टि पौडेल ४ जिपीए सहित नेपाल टप, ३.९५ जिपीएमा १० जना , ३.९० जिपीए ३ जना, ३.८५ जिपीएमा १० जना, ३.८० जिपीएमा १० जना , ३.७५ जिपीएमा ५ जना, ३.७० जिपीएमा ३ जना उर्तिण भएका छन ।
यस बिद्यालय यस अघि पनि प्रदेश नं ४ को उत्कृष्ट निजी बिद्यालयको रुपमा पुरस्कृत भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ