कुस्माबजारमा अत्याधुनिक पशु बधशाला छिट्टै सञ्चालनमा


पर्वत /कुस्माबजारमा ठुला पशु चौपाय बध गर्ने अत्याधुनिक पशु बधशाला सञ्चालनमा आएको छ ।
कुस्मामा झण्डै एक करोडको लगानीमा बसेल पशु बधशाला सञ्चालनमा आएको छ । अत्याधुनिक ढंगले पशुको बध गर्ने र स्वस्थकर मासु बितरण गर्न गर्न सञ्चालनमा आएको यो बधशाला प्रदेश नं ४ कै पहिलो बधशाला हो ।
कुस्माबजारमा रुखका स्याउलामा पशुको बध गर्ने र फोहोर डोका र ट्याक्टरमा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकुल प्रभाब परेको भन्दै बसेल ताजा मासु पसलका सञ्चालक शिबलाल सार्कीले आधुनिक पशुबधशाला सञ्चालनमा ल्याएको बताए । ‘स्याउला र माटोमा पशुको बध गरेर डोकामा बोकेर बिक्री गर्ने चलन हटाउनका लागि यो उद्योग शुरु गरेको हुँ’ सञ्चालक सार्कीले भने ‘उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्ने वातावरण उद्योगले बनाउने छ’ उनले बिदेशमा १७ बर्ष रोजगारीका क्रममा त्यहाँ सिकेको केही नयाँ सिपलाई आफ्नो देशमा आएर लागु गर्ने योजना अनुसार यो उद्योग सञ्चालनमा ल्याएको जानकारी दिए ।


कुस्माबजारको जिरो किमी नजिक निर्माण भएको बधशाला ठुला पशुलाई बध गर्ने आधुनिक तरिका देखि सफा गर्ने र काट्ने काममा पनि पुरै सुरक्षित र आधुनिक प्रबिधी जडान गरिएको छ। यहाँ तयार गरिने मासु डिफ्रिजमा राखेर पोखरा सम्म पठाउने र बिक्री गर्ने ब्यबस्था मिलाइएको सार्कीले बताए । उनले पर्वतको कुस्मा, मोदीगाउँपालिकाको पातीचौर, जलजलाको वारी बेनी र फलेबास नगरपालिकामा बिक्री केन्द्र खोल्ने र मासु सुरक्षित गर्ने डिफ्रिज सहितको गाडीबाट बिक्रीस्थल सम्म ढुवानीको ब्यबस्था मिलाउने जानकारी दिए । पशुपंक्षी बजार प्रर्बद्धन आयोजनाले ५० लाख रुपैया अनुदान र सार्कीको २० लाख भन्दा बढी नगद उद्योग सञ्चालनमा खर्च भएको छ । यसमा सार्कीको जग्गाको भाउ भने समाबेश छैन । बधशाला सञ्चालनमा आएपछि १३ जनाले प्रत्यक्ष र ७ जनाले अप्रत्यक्ष रोजगारी पाएका छन ।
यसैबिच कुस्मामा सञ्चालनमा आएको अत्याधुनिक बधशालाको प्रदेशसभाकी सदस्य जुना नेपालीले उद्घाटन गरिन । उद्घाटन गर्दै सदस्य नेपालीले स्वस्थ्य मासु उपलब्ध गराउन कुस्माबजारमा अत्याधुनिक बधशाला खोल्ने कामले मानव स्वास्थ्य र ब्यबसायका क्षेत्रमा महत्वपुर्ण उपलब्धी थपिएको बताईन । उनले प्रदेशमा एक स्थानिय तह एक औधोगिक ग्राम बनाउने अभियान पनि चल्न थालेको जानकारी दिइन ।
कार्यक्रममा उपभोक्ता मञ्चका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनले धेरै रोगहरु अस्वस्थ्य मासु सेवनका कारण लाग्ने हुँदा यस्ता बधशाला बन्नु उपभोक्ताको स्वास्थ्यका हिसाबले ठुलो उपलब्धी भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, क्षेत्रिय पशुसेवा निर्देशनालयका मनबहादुर पुन, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’