उत्कृष्ट शैक्षिक अभ्यास गर्ने बिद्यालय र ब्यबस्थापन समिति पुरस्कृत
पर्वत /कुश्मा नगरपालिकाले नगरभित्रका शैक्षिक सुधारका लागि उत्कृष्ट अभ्यास गर्ने बिद्यालय, ब्यबस्थापन समिति र बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।
शैक्षिक सुधारको काममा लागेका बिद्यालय र समितिलाई सम्मान गर्दा अन्य बिद्यालयमा पनि सुधारका लागि प्रेरणा मिल्ने भएकाले नगर शिक्षा शाखाले नमुना अभ्यास गर्दै आएका बिद्यालय र ब्यबस्थापन समितिलाई सम्मान गरेको हो ।
सम्मानित हुने बिद्यालयहरुमा शैक्षिक सुधारका लागि असल अभ्यास गर्ने पञ्चकोशी माबि आर्थर, नारायण माबि कुस्मा र खरेहा प्राबि खरेहा रहेका छन । पञ्चकोशी माबि र खरेहा प्राबिले बालशिक्षा र आधारभूत तहमाा मन्टेश्वरी बिधीबाट नमुना शिक्षण अभ्यास शुरु गरेको तथा नारायण माबिले नगरपालिका भित्रमा सबैभन्दा बढी बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएको भन्दै बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।
यसैगरी बिद्यालयको शैक्षिक अवस्थाको सुधारका लागि निरन्तर लाग्ने शिबालय माबिका संस्थापक अध्यक्ष तोयनाथ चालिसे, नारायण माबि, हिमालय माबि, सार्वजनिक माबि, नुवार सुबेदीथर माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षलाई सम्मान गरिएको थियो । नगर शिक्षा शाखाले यस बर्ष सञ्चालन गरेको कक्षा ८ को जिल्लास्तरीय परिक्षामा सामुदायिक बिद्यालय तर्फ उत्कृष्ट अंक ल्याउने सम्मान हुनेमा गत बर्ष कक्षा ८ को परिक्षामा नगरभित्र प्रथम सामूदायिक विद्यालयका छात्र नारायण माविका राजिब सुवेदी,काफलचौर माविका छात्रा सावित्रि पौडेललाई सम्मान गरेको छ । संस्थागत तर्फ उत्कृष्ट राष्ट्रियबाल वोडिङका छात्र पंकज रिमाल र आर्दश माविका छात्रा सज्जा रेग्मी पुरस्कृत भएका थिए । यस्तै नेपाली साहित्यको क्षेत्रमा योग्दाना पु¥याए वापत् सरल कवि शान्तिनारायण श्रेष्ठ र पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष ईन्द्रकुमार बिकल्पलाई सम्मान गरिएको थियो ।
पुरस्कृतहरुलाई कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख कार्यकारी अधिकृत सुवासकुमार लामिछाने, सामाजिक बिकास समितिका संयोजक शिबप्रसाद पौडेल, नगरशिक्षा अधिकृत राजेन्द्र क्षेत्री लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
यसैगरी सोही कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थिक बर्ष ७४÷७५मा नगर शिक्षाको क्षेत्रमा न्यून बजेट छुट्टाएको सरोकालवालहरुले गुनासो गरेका छन् । नगरपालिकाले शिक्षाको क्षेत्रमा प्रयाप्त मात्रमा रकम नछुटाउँदा शिक्षा क्षेत्रले उपलब्धी गर्न नसकेको औंलाए । उनीहरुले शिक्षा बिकासको मूल आधार प्रयाप्त बजेट रहेको सुनाए् । कार्यक्रममा बोल्दै मेयर रामचन्द्र जोशीले बोल्दै शिक्षाको गुणस्तर सुधार्न बजेट अपुग भन्न नहुने बताए । उनले शैक्षिक क्षेत्र सुधार्न विद्यालय व्यवस्थापन समिति,शिक्षक,विद्यार्थीको बिचमा त्रिकोणत्मक सम्बन्ध आवश्यक रहेको बताए । कार्यक्रमका अवसरमा उपमेयर सीता काफ्लले लामिछाने र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले शिक्षाको गुणस्तरीयता सुधार्न विद्यालय व्यवस्थापन समिति र शिक्षकमा कुशल लिडरसिप आवश्यक रहेको ठहर गरे ।
कुश्मा नगरशिक्षा समितिका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रममा नगरपालिका सामाजिक समितिका संयोजक शिब पौडेल, पञ्चकोशी माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा, शिवालय माविका अध्यक्ष ईश्वर गिरी, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश पौडेल, स्रोत ब्यक्ति प्रेम शर्मा सुवेदी र कुमार पाध्याय लगायतले बोलेका थिए ।