एसइइ परीक्षाको नतिजा पाँच दिनभित्र

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइइ) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईईको नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने भन्ने विषय सार्वजनिक भएको थियो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने बताएका छन । गएको चैत ८ गतेदेखि भएको एसर्इई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’