पत्रकार रवि लामिछानेलाई हुन सक्छ तीन वर्ष कैद !

काठमाडौं । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु-याउन सकेनन् भने उनी कानूनी फन्दामा पर्ने सम्भावना बढेको छ ।

न्युज ट्वान्टीफोर टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ ।

तर, प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यससम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामिछाने कानूनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो ।

कुमुद लोहनी र लक्षमण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिइकन नेपालमा अवैध रुपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।

उजुरी परेपछि प्रेस काउन्सिलले छानविन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्मको छानविन तथा अनुसन्धानबाट रवि लामिछानेले तीनवटा कानून उल्लंघन गरेको दाबी प्रेस काउन्सिलको छ ।

काउन्सिलको एक सूत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न वर्कपरमिट लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् । दोस्रो उनले प्रेसपास लिएका छैनन् र तेस्रो लामिछानेले प्राप्त गरेको नाता भिसा लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन । उजुरीमाथि छानविनका क्रममा रवि लामिछानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्ययचकित बनाएको छ ।

काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को करा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

काउन्सिल पदाधिकारीमािथ आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पु-याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोँगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोँगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ । मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रुपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासम ाबनेको छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

विदेशी नागरिकता भएको व्यक्तिले यसरी वर्क परमिट नलिइकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने व्यक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानून अनुसार रवि लामिछानेलाई कारबाही हुने सम्भावना छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञासाको विषय बनेको छ ।घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’