नेइमार खोच्याउँदै बाहिरिए, दायाँ खुट्टामा फेरि समस्या

ब्राजिलका स्टार स्ट्राइकर नेइमार चोटका कारण प्रशिक्षणमा सहभागी हुन सकेका छैनन् । ब्राजिल रुस विश्वकप फुटबल अन्तर्गत शुक्रबार कोस्टारिकासँग हुने समूह चरणको आफ्नो दोस्रो खेलको तयारीमा छ ।

तर नेइमार सोमबार भएको प्रशिक्षणको क्रममा मैदानबाट खोच्याउँदै बाहिरिएका हुन् । उनको दायाँ खुट्टाको गोलीगाँठोमा समस्या देखिएको छ । २६ वर्षका नेइमार खुट्टा भाँच्चिएका कारण तीन महिना मैदान बाहिर रहेर विश्वकपअघि मात्रै मैदान फर्किएका थिए ।

समूह चरणको स्वीट्जरल्याण्डसँगको पहिलो खेलमा विपक्षी खेलाडीले गरेको फउलका कारण नेइमार चोटग्रस्त भएका हुन् । उनको दायाँ गोलीगाँठोको अहिले उपचार भइरहेको छ ।

आइतबार भएको पहिलो खेलमा ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । ब्राजिलियन टिमका प्रवक्ता विनिकिउस रोड्रिग्वेजले नेइमारले पीडा महसुस गर्ने बित्तिकै उनलाई प्रशिक्षणबाट बाहिर निकालिएको बताए ।

नेइमारलाई अहिले टिमका फिजियोले हेरिरहेका छन् । उनी एक दिनपछि प्रशिक्षणमा फर्किने छन् । गएको फेब्रुअरीमा नेइमारको दायाँ खुट्टा नै भाँच्चिएको थियो ।

 

असार ६, २०७५ मा प्रकाशित

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’