पर्वतको मोदी गाउँपालिकामा अब घरघरै गर्भवती जाँच

पर्वत / मोदी गाउँपालिका क्षेत्रभित्र आगामी आर्थिक वर्षदेखि गर्भवती र सुत्केरी महिलाको घरमै पुगेर नियमित स्वास्थ्य जाँचको सेवा दिइने भएको छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरोकारवालासहितको छलफलमा गर्भवती र सुत्केरीको सेवामा बढी जिम्मेवार हुने निर्णय भएको हो ।

गाउँपालिका अध्यक्ष प्रेम पौडेलका अनुसार हरेक वडाका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई तथ्यांक संकलन गराइनेछ । ‘स्वास्थ्य संस्थामा पहिलोपटक जाँच्न आएकाको निगरानी हुन्छ,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यकर्मीले घरमै पुगेर नियमित परीक्षण गर्छन् ।’ संस्थागत सुत्केरी संख्या बढाउन गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर निर्माण गर्न पहल गरिने बताए । भेलाले आगामी वर्ष संस्थागत सुत्केरी संख्या कम्तीमा ८० पुर्‍याउन पहल गर्ने निर्णय गरेको छ । स्वास्थ्य संयोजक उमेशकुमार अधिकारीका अनुसार मोदीका ८ वटै वडाको रेकर्डमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या ४० को हाराहारी मात्रै छ ।

नियमित गर्भ जाँच र सुरक्षित प्रसूति सेवाको ग्यारेन्टीका लागि आवश्यक परे सहुलियत र सुविधासमेत बढाउने योजना छ । ‘तत्कालका लागि कार्ययोजना बनाउन मात्रै १ लाख बजेटको व्यवस्था छ,’ प्रवक्ता एवं मोदी ६ का अध्यक्ष विमल लामिछानेले भने, ‘कार्ययोजनाबमोजिम काम सुरु भएपछि मागअनुसारको बजेट गाउँपालिकाले दिन्छ ।’ त्यसका लागि गाउँपालिकाले पूरक कोषको व्यवस्था गर्नेछ ।

स्वास्थ्य सेवाअन्तर्गत स्वास्थ्यचौकीहरूलाई थप व्यवस्थित गराउन स्वास्थ्य परीक्षणको समय बढाउने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिमको व्यवस्था गर्ने, भौतिक संरचनाको व्यवस्थापन, उपकरणको नियमिततालगायत तयारी गर्नेछ । स्वास्थ्ययोजना तर्जुमा गोष्ठीमा गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, स्वास्थ्यकर्मी, वडाध्यक्षहरू सहभागी थिए ।

स्वास्थ्य संयोजक अधिकारीका अनुसार सबै वडामा बर्थिङ सेन्टर अभाव तथा सहज यातायातको उपलब्धताले मोदीका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या घटेको बताए । पोखरा–बागलुङ सडकको सहज पहुँच भएको मोदीका सबैजसो वडाका बासिन्दा सामान्य स्वास्थ्य समस्या आउँदा पनि उपचारका लागि पोखरा पुग्ने गर्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’