जिल्ला प्राबिधीक कार्यालयको समस्या -कर्मचारी तीन दर्जन, कार्यकक्ष तीनवटा साँघुरा कोठा
पर्वत /साँघुरा तीन वटा कोठा, अधिकृत तहका कर्मचारीका लागि पनि कुर्सी छैन, पालो पर्खेर बस्नुपर्छ कुर्ची खोज्नेले ।
कार्यकक्षको यस्तो बिजोग अन्यत्रको नभई जिल्ला प्राबिधीक कार्यालय पर्वतको हो । जिल्ला समन्वय समितिमा कर्मचारीको दरबन्दी कटौतीपछि धेरै कोठा खाली छन , प्राबिधीक कार्यालयको आफ्नै भवन पनि छ तर कार्यालय भने जिल्ला समन्वय समितिको निवासका तीन वटा साँघुरा कोठामा सञ्चालन हुँदै आएको हो ।
जिल्ला प्राबिधीक कार्यालयको आफ्नै भवनमा ९ वटा कोठा छन भने अन्य संरचना समेत तयार गर्न सकिने अबस्था हुँदा हुँदैपनि कार्यालय तत्कालिन स्थानिय बिकास अधिकारीको निवास भवनको तीन वटा साँघुरा कोठामा चल्दै आएको छ । प्राबिधीक कार्यालयको भवनमा भने जिल्ला समन्वय अधिकारी बिष्णु भुसालले निजी निवास छ ।
जिल्ला प्राबिधीक कार्यालयमा पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वन इकाई र ग्रामिण सडक सञ्जाल सुधारा आयोजना समेतको कार्यालय सञ्चालन गर्नुपर्ने हुन्छ । जिल्ला प्राबिधीक कार्यालयमा ९ जनाको दरबन्दी छ भने पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा १७ जनाको दरबन्दी छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजनामा पनि ८ जना कर्मचारीको दरबन्दी छ । यी कार्यालयमा ६ जना अधिकृत छन। कम्युप्टर, लेखा र प्रशासन समेत सञ्चालन गर्दा कम्तीमा पनि १२ कोठा आवश्यक छ । तर अहिले ३ वटा कोठामा काम सञ्चालन गर्दा साँघुरो भएकाले उभिएर बस्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला इन्जिनियर जगदीश शर्मा बताउँछन । यी सबै कार्यालय र आयोजनाको कार्यालय प्रमुखको जिम्बेवारी प्रमुख जिल्ला इन्जिनियरको हुनेगर्छ । यसले गर्दा सबै कार्यालयहरु एउटै छानामुनि चलाउँदा कार्यसञ्चालनमा सहज हुने प्रमुख जिल्ला इन्जिनियर शर्माको भनाई छ । ‘दैनिक कामकाज सञ्चालन गर्न सहज भएको छैन ’ उनले भने ‘कार्यालयको आफ्नै भवन हुँदा पनि निवासमा बसेर साँघुरो कोठमा दैनिक कामकाज चलाउनु कठिन भैरहेको छ’
तत्कालिन अवस्थामा जिल्ला बिकास समिति र जिल्ला प्राबिधीक कार्यालय एउटै कम्पाण्डमा हुँदा कामकाज सजिलो हुने भएकाले स्थानिय बिकास अधिकारीको निवासलाई नै प्राबिधीक कार्यालय बनाइएको थियो भने प्राबिधीक कार्यालयको भवन निवासको रुपमा प्रयोगमा आएको थियो । जिल्ला समन्वय समितिको भवनमा पनि धेरै कोठाहरु कर्मचारी नहुँदा तालाबन्दी गरेर राखिएको छ । कार्यालयको आफ्नै भवनमा रहेका ९ कोठा मध्ये ३ कोठमा जिल्ला सन्वय अधिकारी बिष्णुप्रसाद भुसालका निवास छ भने बाँकी खाली छ । समन्वय समितिको निवासमा नै उनको निवास चलाउने हो भने प्राबिधीक कार्यालयको भवन र त्यसको क्वाटर गार्डहरु प्रयोग गर्दा भवनको समस्या नहुने देखिएको छ । तर त्यसलाई सहज बनाउन नसक्दा समस्या भएको समन्वय समिति स्रोतले बतायो । जिल्ला समन्वय अधिकारी भुसाल भने कार्यालय सञ्चालनका लागि जिल्ला समन्वय समितिका खाली कोठा प्रयोग गर्न सकिने भएकाले समस्या नभएको दाबी गरे । ‘समन्वय समितिकै कोठा खाली छन, त्यही ब्यबस्थापन गर्दा भैहाल्छ’ उनले भने ।
राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला समन्वय इकाईको कार्यालय उपयुक्त स्थान छनौट गरि स्थापना तथा ब्यबस्थापन गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको अध्यक्षतामा गएको बैषाख १३ गते बसेको बैठकले निर्णय समेत गरेको थियो । तर अहिले सम्म उक्त निर्णय कार्यान्वयन भएको छैन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काल कार्यालय ब्यबस्थान गर्न निर्देशन दिएको बताए । ‘कार्यालय ब्यबस्थापनका लागि भवनको अभाव छैन, समन्वय गरेर समस्याको समाधान निकाल्नुपर्छ’ उनले भने ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल प्राविधीक कार्यालयको नाममा रहेको भवनमा निवास सञ्चालन भएकाले समन्वय समिति भित्रकै खाली कोठाहरुलाई ब्यबस्थापन गरि केही दिन भित्रै समस्या समाधान गरिने बताउँछन । ‘समन्वय समितिको खाली कोठाहरुलाई नै ब्यबस्थापन गर्छौ’ उनले भने ‘पहिले सञ्चालनमा रहेका धेरै शाखाहरु नहुने भएकाले यही ब्यबस्थापन गर्न सजिलो छ’
समाप्त असार ५