बिहादी गाउँपालिकाको ‘गायब भएको २३ लाख’ सामाजिक सुरक्षा भत्ता बैंकमा !


पर्वत /बाटोबाटै ‘गायब भएको’ २३ लाख रुपैया सामाजिक सुरक्षा पर्वतको विहादी गाउँपालिकाका कर्मचारीले नै जम्मा गरेका छन ।
बिहादी गाउँपालिका वडा नं ६ शालिग्राममा बितरण गर्न लैजाँदै गरेको २३ लाख रुपैया बिच बाटोबाटै गायब भएपछि संगै रहेका कर्मचारीहरुले आइतबार रकम बैंकमा जम्मा गरेका हुन ।
पर्वतको सदरमुकाम कुश्मास्थित नेपाल बैंक लिमिटेडबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा शनिबार बिहान रकम बिचबाट गायब भएको पाइएको थियो । बैंकबाट रकम निकालेर गाउँपालिका तर्फ लैजाने काममा संलग्न भएका गाउँपालिकाका ५ जना कर्मचारीले उक्त रकम नेपाल बैंकको कुस्मा शाखामा जम्मा गरेका छन ।
बिहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, वडा नम्बर २ बर्राचौरका सचिव लिलाधर पराजुली, वडा नम्बर ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने, वडा नम्बर ५ उरामका वडा सचिव कृष्ण भुसाल र वडा नम्बर ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले गायब भएको रकम जम्मा गरेका हुन । कर्मचारीले नै रकम जम्मा गरेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘बिच बाटोबाटै हराएको भनिएको सामाजिक सुरक्षाको रकम कर्मचारीले नै बैंकमा दाखिला गरेका छन’ प्रजिअ ढकालले भने ‘गायब भएको रकम असुल भएको छ, अन्य काबार्हीको लागि स्थानिय तहमा नै पठाएका छौ’ उनीहरुलाई बिभागीय काबार्ही काबार्हीका लागि गाउँपालिकामा पठाइएको छ भने त्यसको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दिइएको छ ।
गाडीका चालकलाई भने तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए । ‘लापावार्ही गर्ने कर्मचारीलाई रकम असुल गरि थप बिभागिय काबार्हीका लागि पठाइएको हो’ डिएसपी घिमिरेले भने ‘गाडी चालकलाई आवश्यक परेको बेला हाजिर हुने गरि तारेखमा छाडिएको छ’
बिहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई सहितका ५ जना कर्मचारीले शुक्रबार रकम झिकेर कुस्माकै एक होटलमा बास बसेका थिए भने शनिबार बिहादी फर्कने बेला स्याङ्गजा पुगेपछि रकम हराएको पत्ता पाएका थिए । रिर्जभ गरेको गाडीमा छुट्टाछुट्टै झोलामा वडाको रकम राखेकोमा त्यहाँ वडा नं. ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब भएको भेटिएको थियो । वयरघारीमा गाडी बिग्रेपछि हेर्ने क्रममा रकम भएको झोला गायब भएको भेटिएको कर्मचारीले प्रहरी संग बयान दिएका थिए । पोखरामा पुगेर खाना खाँदा समेत झोला नहरेको बयान उनीहरुको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’